नेइमार घाइते भएसँगै ब्राजिलको उपाधि होडमा धक्का, समूह चरण पार गर्नै मुस्किल

Advertisement

काठमाडौंः रुस विश्वकप प्रतियोगितामा उपाधिको मुख्य दाबेदार मानिएको ब्राजिलका उत्कृष्ट खेलाडी नेइमार घाइते भएका छन् । नेइमार घाइते भएपछि ब्राजिलको उपाधि जित्ने लक्ष्यमा गम्भिर धक्का लागेको हो ।

स्वीजरल्याण्डसँगको खेलमा उनीमाथि सार्वधिक १० पटक फाउल भएको थियो । उनी कोष्टारिकाविरुद्ध हुने खेलका लागि मंगलवार अभ्यासका क्रममा घाइते भएका हुन् । तर, पीएसजीमा हुँदा लागेको चोटले भने कुनै असर नगरेको जनाइएको छ ।

नेइमारबिना कोस्टारिकाविरुद्ध ब्राजिल मैदान उत्रिन परेमा जित्का लागि कठिन हुने संकेत देखिएको छ । नेइमारको साथमा स्वीजरविरुद्ध खेलको ब्राजिलले बराबरीमा चित्त बुझाएको थियो ।

योसँगै २१औं संस्करणको विश्वकपको उपाधि दाबेदार मानिएको ब्राजिललाई उपाधि कब्जा गर्ने लक्ष्यमा धक्का लागेको छ । ब्राजिल नेइमारको आडमा छैटौं पटक विश्वकपको उपाधि चुम्ने लक्ष्यमा थियो ।

ब्राजिल स्वीजरल्याण्डसँग १-१ को बराबरीमा रोकिएको थियो ।

Advertisement

Advertisement

Advertisement