काठमाडौंः रुस विश्वकप प्रतियोगितामा आज सोमबारदेखि तेस्रो राउण्ड सुरु भएको छ । तेस्रो राउण्का क्रममा आज दुई समूह ‘ए’ र ‘बी’का चार खेल हुने भएका हुन् ।
समूह एमा आयोजक रुसले उरुग्वेविरुद्ध समूह विजेता बन्नलाई प्रतिस्पर्धा गर्दैछ । यस्तै सोही समूहमा इजिप्टले साउदि अरवविरुद्ध प्रतिस्ठाको लडाई लड्दै छ । समूह बी अन्तर्गत पोर्चुगलले इरानविरुद्ध र स्पेनले मोरक्कोविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन् ।
रुस र उरुग्वेबीचको खेलमा विजेता बन्ने टोली समूहको विजेता बन्दै दोस्रो चरणमा प्रवेश गर्ने छ । तर, साउदि अरब र इजिप्टले भने प्रतियोगिताबाट बाहिरिसकेको अवस्थामा प्रतिस्ठाको लडाई लड्दै छन् ।
रुस र उरुग्वेले सम्मान दुई खेल जितेका छन् भने आउदि र इजिप्टले समान दुई खेलमा पराजय भोगेका छन् । रुसले साउदिलाई ५-० ले र इजिप्टलाई ३-० ले पराजित गरेको छ । उरुग्वेले इजिप्टलाई र साउदिलाई समान १-० ले पराजित गरेको छ ।
यस्तै, समूह बीमा पोर्चुगल र इरानको दोस्रो चरण पुग्ने सम्भावना उत्तिकै बलियो रहेको छ । इरानले मोरक्कोलाई पराजित गरेको छ भने पोर्चुगलले स्पेनलाई बराबरीमा र मोरक्कोलाई १-० ले पराजित गरेको छ ।
साथै, स्पेनले मोरक्कोलाई पराजित गर्न सकेमा दोस्रो चरणमा प्रवेश गर्न सक्नेछ । मोरक्को भने लगातार दुई खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरि सकेको छ । स्पेनले भने पोर्चुगलसँग बराबरी र इरानलाई १-० ले पराजित गरेको छ ।
उक्त समूहबाट दोस्रो चरण पुग्न इरान र पोर्चुगलको दुवैको सम्भावना कायम हुँदा स्पेनको बलियो सम्भावना रहेको छ ।