पोर्चुगललाई हराउँदै उरुग्वे क्वाटरफाइनलमा, मेस्सीसँगै रोनाल्डो युग पनि करिव समाप्त

Advertisement

मस्कोः जारी विश्वकप फुटबलअन्तर्गत गए राति भएको खेलमा उरुग्वेले पोर्चुगललार्इ २-१ गोलअन्तरले हराएको छ । फिस्ट स्टेडियममा भएको खेलमा पोर्चुगलले उरुग्वेलाइ निकै दबाबमा राखे पनि गोल प्रहार गर्न नसक्दा प्रिक्वाटरफाइनलबाटै पोर्चुगल बाहिरिन बाध्य भएको हो ।

क्वाटरफाइनलमा अब उरुग्वेले फ्रान्सको सामना गर्नेछ । हिजै शनिबार भएको खेलमा अर्जेन्टिनालाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो । रुग्वेका लागि एडिन्सन काभानीले ७ औँ र ६२ औँ मिनेटमा गोल गरेको खेल नै निर्णायक भयो । पोर्चुगलका लागि डिफेन्डर पेपेले ५५ औँ मिनेटमा एक गोल गरे पनि फुटबल सुपरस्टार रोनाल्डोले एक गोल पनि गर्न सकेनन् ।

अन्तर्राष्ट्रियस्टरमा फुटबलमा महारथीको रुपमा चिनिएका अर्जेन्टिनाका लियानेल मेस्सी र पोर्चुगलका रोनाल्डो दुवैका लागि यस पटकको फुटबल यात्रा अन्तिम १६ मा मात्रै सीमित भएको छ । दुवै खेलाडीले चामत्कारिक प्रदर्शन गर्दै आफ्नो टिमलाई अघि बढाउने धेरैले आशा लिएका थिए ।

घर फिर्तीसँगै मेस्सी र रोनाल्डोका लागि विश्वकप फुटबल यात्रा पनि लगभग समाप्त भएको छ । तीस बर्ष नाघिसकेका दुवै खेलाडी चार बर्षपछिको कतार विश्वकप फुटबलका लागि शारिरीकरुपले फिट हुने देखिदैनन् । मेस्सीले त यसअघि नै सन्यास लिइसके पनि आफ्ना समर्थकहरुको कारण मात्रै यस पटकको फुटबलमा मैदानमा उत्रिएका थिए ।

अर्का खेलाडी रोनाल्डोले चार खेलमाा चार गोल गरे गरे पनि मेसीले भने चार खेलमा जम्मा १ गोल गर्न सके । यद्यपि मेस्सीले गोलका लागि तालमेल मिलाउन भने निकै सहयोग गरेका थिए । निकै समर्थक बनाउन सफल भएका मेस्सी र रोनाल्डो अब बिस्तारै अन्तर्राष्ट्रिय फुटबलबाट बिलाउँदै जाने अनमान गरिएको छ ।

Advertisement

Advertisement

Advertisement