ब्राजिलसामु मेक्सिकोको केही लागेन, २–० ले मेक्सिकोलाई हराउँदै ब्राजिल क्वाटरफाइनलमा

Advertisement

काठमाडौँः यसअघिका विश्वकप फुटबलमा ब्राजिलसँग तीन पटक पराजय र एक पटक बराबरी खेलेको मेक्सिको यस पटकको फुटबलको सोमबार भएको प्रिक्वाटर फाइनलमा पनि पराजित हुन पुगेको छ । ब्राजिलले मेक्सिकोलाई २–० ले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको मेक्सिकोले बराबरीलाई कायम राख्न सकेन । दोस्रो हाफमा ब्राजिलका लागि नेमार र रोबर्टो फर्मिन्होले गोल गरे । रोबर्टोको गोल पनि नेमारकै प्रतिफल हो । खेलको अन्तिम समयमा नेमारले दिएको पासलाई रोबर्टोले गोलमा परिणत गरिदिएका थिए ।

उपाधिका प्रवल दावेदारहरु जर्मनी, ब्राजिल, स्पेन जस्ता टिम पराजित हुँदा पनि पाँच पटकको विश्वकप फुटबल उपाधि हासिल गर्न सफल ब्राजिलले भने आफ्नो विजय यात्रालाई कायमै राखेको छ ।

आजको खेलको ५१ औँ मिनेटमा डी बक्स भित्रबाट विलियनले दिएको क्रस पासलाई नेमारले गोलमा सजिलै परिणत गरिदिएका थिए भने ८८औ मिनेटमा नेमारको पासलाई रोबर्टोले गोलमा परिणत गरेका थिए ।

मेक्सिकोले सुरुमा ब्राजिललाई दबाबमा राखे पनि दोस्रो हाफमा सुरुमै गोल खाएपछि त्यो प्रदर्शन कायम राख्न सकेन । खेलको पुरै समयमा मेक्सिकोले बल पोजेसन राम्रो राखे पनि गोल भने गर्न सकेन ।

Advertisement

Advertisement

Advertisement