यु–१९ एक दिवसीय क्रिकेटका लागि खेलाडी छनोट

Advertisement

काठमाडौं । भारतमा हुने उन्नाइस वर्षमुनि (यु–१९)को एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि आज १५ सदस्यीय टोलीको घोषणा भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आयोजना गर्न लागेको उक्त प्रतियोगिता यही भदौ २७ देखि असोज २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आशिफ शेखले कप्तानीको भूमिका निर्वाह गर्नेछन् ।

त्यस्तै अन्य खेलाडीमा त्रिराज दास, रवि साह, विपिन रावल, लोकेश बम, रित गौतम, पवन सरार्फ, किशोर महतो, रसिद खान, भीम सार्की, कमल सिंह ऐरी, सुन्दिप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहम्मद साम्सद आलम छनोटमा परेका छन् ।

प्रतियोगितामा राष्ट्रिय टोलीका कुनै पनि खेलाडी सहभागी छैनन् । प्रतियोगितामा आयोजक भारत, भारतकै नेशनल क्रिकेट एकेडिमी र अफगानिस्तानको यु–१९ टोली सहभागी छन् । उक्त प्रतियोगितामा सहभागिता जनाउनको लागि नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्नेछ ।

Advertisement

Advertisement

Advertisement