काठमाडौं । शेयर बजार आज पुनः उच्च अंकले बढेको छ । तर जुन हिसावले बजार उचालियो त्यसरी नै कारोबार रकम भने बढेन । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२७.३२ अंकले उचालिएको छ । ४.७२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २८२३.२५ अंकमा पुगे...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ट्रेकिङ ऐजेन्सिज एशोशियसन अफ नेपाल (टान)को ४६औं वार्षिक साधरणसभा समारोहलाई सम्बोध...
काठमाडौं । मुलुकको सार्वजनिक ऋण २४ खर्ब ७२ अर्ब नाघेको छ । यो पछिल्लो साउन मसान्तसम्मको तथ्यांक हो । २०८१ असार मसान्तसम्म आन्तरिक र बाह्य गरी कूल २४ खर्ब ३१ अर्ब ३३ करोड रुपियाँ बराबरको सार्वजनिक ऋण रहेको थियो । तर, चालु आर्थिक वर्षको पहिलो महिनामा नै ४१...
किएभ । रुसले किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको युक्रेनको वायुसेनाले सोमबार बिहान बताएको छ । सोमबार बिहान युक्रेनको राजधानीमा शृङ्खलाबद्ध धेरै विस्फोट भएका छन् र राजधानीका बासिन्दाहरूलाई बम आश्रय स्थलहरूमा पठाइएको छ । किएभ...
काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८१ को पहिला महिना साउनमा निर्जीवन बीमा कम्पनी चार अर्ब ३१ करोड १७ लाख रुपियाँ बीमाशुल्क संकलन गरेका छन् । अहिले १४ ठुला र चार लघु गरे १८ वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । समीक्षा महिनामा उनीहरुले दुई लाख ...
पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल अयातामा उलेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ । गत आर्थिक वर्ष २०८०–८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जिप र कारको आयातमा ४० प्रतिशतले कम...
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी मोबाइल प्रालिमा विशेष छुटको व्यवस्था गरेको छ । यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत सीजी मोबाइल प्रालिमा सामान खरिद गरी डिजिटल...
काठमाडौं । अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थानमा ६० करोड रुपियाँ ऋण लगानी गर्ने भएको छ । उक्त ऋण लगानीका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न अर्थमन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको हो । दुग्ध विकास संस्थानले यो रकम तत्कालक...
काठमाडौं । अगस्ट महिनामा ७२ हजार सात सय १९ जना पर्यटक भित्रिएका छन् भने ७१ हजार ९०४ पर्यटक बाहिरिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको तुलनामा यस वर्षको सोही अवधिमा पाँच हजार पाँच सय ६६ बढी पर्यटक नेपाल भित्रिएका हुन् ...
काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ३ सय र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार ७ सय ७५ रुपि...
नवलपरासी । भौतिक पूर्वाधार तथा योजनामन्त्री देवेन्द्र दाहालले पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक विस्तारका लागि ठेकेदार पक्षसँग भएको पछिल्लो सहमति कार्यान्वयन नभए सरकारले विकल्प खोज्ने बताएका छन् । बुटवल नारायणगढ सडकको अनुगमनका क्रममा नवलपरास...
काठमाडौं । स्वरोजगार लघुवित्तले संस्थापक शेयर बिक्रीमा राखेको छ । लघुवित्तले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेका २९ हजार ७२१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । प्रतिकित्ता रु ३५० तोकिएको यो शेयर हाललाई लघुवित्तका कायम संस्थापक शेयरधनीले मात्र...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । क्याम्पस प्रमुख छनोट समितिले आज सूचना जारी गरी काठमाडौं उपत्यकाका तीन सहित ११ क्याम्पसका लागि क्याम्पस प्मुख पदमा आवेदन माग गरेको हो । त्रिविले रत्नराज्य लक्...
काठमाडौं । संघीय संसद्अन्तर्गत दुईवटा संसदीय समितिको बैठक बस्दैछ । कानुन, न्याय तथा मानव अधिकार र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) समितिको बैठक बस्न लागेको हो । कानुन, न्याय तथा मानव अधिकार समिति...
काठमाडौं । नबिल बैंक लिमिटेडको विशेष साधारणसभा आज (भदौ १७) बस्दैछ । सभा भर्चुअल माध्यम (जुम) मार्फत बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पेस गर्नेछ । बैंकले ‘नबिल ८ प्रतिश...
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो लसुन, धनिया र प्याजको मूल्य ह्वात्तै बढेको छ । यसदिन हरियो लसुन प्रतिकिलो ३७५ मा बिक्री भइरहेको छ । हिजो २१० रुपियाँ रहेको लसुन किलोमै १६५ रुपियाँले बढेको हो । आइतबार कालिमाटी तरकारी बजारमा हरियो धनि...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं–तिहारलगायत चाडपर्वका समयमा खाद्यवस्तुको सहज आपूूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा आज प्रधानमन्त्री तथा...
काठमाडौं । ग्लोबल आईएमई लघुवित्तले कर्मचारी माग गरेको छ । संस्थाले विभागीय प्रमुख/सहायक, कानुन अधिकृत, प्रदेश प्रमुख/अनुगमन अधिकृत, शाखा प्रमुख, फिल्ड सहायक पदमा स्थायी पदपूर्ति गर्ने गरी केही कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले आजका मितिले १...
काठमाडौंं । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्न...
काठमाडौं । आज २०८१ भदौ १७, सेप्टेम्बर २, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकी डलरसहित विभिन्न सात देशका मुद्राको सटही दर स्थिर रहेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.८९ रुपियाँ र बिक्री दर १३...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्...
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल भदौ महिनाको १७ गते सोमबार, भाद्र कृष्णपक्षको अमावश्या तिथि, सोमबारे औँशी । आज कुशे औँशी रहेको छ, आज बाबुको मुख हेर्ने दिनका रुपमा रहेको छ । साथै आज मोति जयन्ती रहेको छ । मेष यात्रारत रहनु पर्ने छ । लक्ष्य प्राप्तिम...
काठमाडौं । आइतबार सम्पन्न नाडा अटो शो, २०२४ मा ४ हजार बढी सवारी साधन बुकिङ भएको व्यवसायीहरुले दाबी गरेका छन् । १६औं संस्करणको अटो शो गत भदौ ११ गतेदेखि भदौ १६ गते (आइतबार)सम्म ६ दिन चलेको थियो । यस अवधिमा चारपाङ्ग्रे सवारी साधन मात्र ३८ सय माथिको बुकिङ भएको...
काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले संकटपूर्ण अवस्थामा पनि अटो शो भव्य रुपमा सफल बनाउन सफल भएको बताएका छन् । अटो शो छैटौं दिन अर्थात् अन्तिम दिन समापन कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले यस्तो बताएका हुन् । ‘अटोमोबाइल क्षेत्र...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी ओलीलाई समय बितेपछि गोहीको आँसु चुहाउने राजनीति नगर्न कडा चुनौति दिएका छन् । एमालेकी एक नेतृले एक नाबालिकालाई बन्दी बनाएर बालश्रम शोषणा गरेको विषयमा अदालतले समेत कारवाहीको आदेश दिँ...