काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र अस्ट्रिक क्लाइम्बिङ वाल प्रालि बैंकका ग्राहकहरू र बैंकका कर्मचारीहरूलाई विशेष छुट उपलब्ध गराउने समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट बैंकको वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका तर्फबाट महाप्रबन्धक कमल घले गुरुङले हस्ताक्षर गरेका छन् ।
उक्त समझदारी अनुसार बैंकका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी ठमेलमा रहेको वाल क्लाइम्बिङ कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३०% छुट हुनेछ । साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई यसै समझदारीअनुसार ५०% छुट हुनेछ ।
उक्त छुट सुविधा १ वर्षसम्म लागू हुनेछ । यो समझदारीले यस खेलमा रमाउन चाहनुहुने सबैका लागि लाभदायी हुने बैंकले विश्वास लिएको छ । बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेकोमा बैंकका ग्राहक महानुभावहरूको अधिकतम लाभका लागि यो योजना ल्याइएको हो ।
बैंकले डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढी मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पतालहरू, होटल, रिसोर्ट, रेष्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट ग्राहक महानुभावहरूले सजिलै प्राप्त गर्न सक्ने छन् ।