काठमाडौं । युरो कप फुटबलको १५औं संस्करण अहिले फ्रान्समा जारी छ । पहिलो पटक २४ राष्ट्र सहभागी यस पटकको युरो कपमा पाँच राष्ट्रले डेब्यु गरे भने चार पूर्वविजेता राष्ट्र पनि सहभागी भए । कतिपय पूर्वविजेता भने यस पटक छनौट हुन सकेनन् । कोरोना महामारीका कारण ढिलो सुरु भएको युरो कप २०२० मा विश्वभर खेलप्रेमीहरूको ध्यान खिचिरहेको युरो कपको फाइनलको दिन नजिकिँदै गर्दा यस पटकको उपाधि कस्ले उचाल्ला ? भन्ने कुराले धेरैलाई कौतुहलता बढेर गएको छ । नेपालका विभिन्न व्यवसायिक संस्था (कर्पोरेट हाउस)का ब्राण्ड म्यानेजरहरूको अनुमान यस्तो छः
मेरो विचारमा फ्रान्सः सञ्जय राजभण्डारी, डिशहोम
मेरो हिसावले त युरो कप फ्रान्सले जित्नुपर्ने हो । उसको सबै वल्डक्लास प्लोयरहरू छ । एन्टेनियो ग्रिजमेनदेखि लिएर पोग्वासम्मका प्लेयर फ्रान्सको टिममा छ । फुटबलमा भन्न सकिन्न् । मलाई जहाँसम्म लाग्छ फ्रान्सले जित्छ । जित्नलाई धेरै कुराहरू मिल्दै पनि जानुपर्छ ।
फुटबलमा मेरो सानैदेखिको रुची पनि हो । मेरो घर यहीं असन । सानैदेखि फुटबल खेलेरै हुर्किएको हो । प्रोफेसनल्ली चाहीं खेलिएन् । उही साथीभाईसँग समय बिताउन र रमाइलाका लागि खेल्ने गरिन्थ्यो ।
इन्टरनेशनल म्याचहरू पहिला निकै हेरिन्थ्यो । हिजोआज अल्ली कम भएको छ । मलाई सबैभन्दा मन पर्ने पनि युरो नै हो वल्डकपभन्दा । पहिला त्यस्तै ब्राण्डहरूमा काम गरियो । होम अप्लाइन्सेज र टिभी ब्राण्डमा काम गर्दा क्याम्पियनहरू हुन्थ्यो । स्यामसङको युरोको क्याम्पियन नै हेरेको हो मैले पहिले ।
नयाँ टिमले जितोसः मेघेन्द्रप्रकाश गिरि, नेपाल लाइफ इन्स्योरेन्स
यस पटकको युरो कप नयाँ टिमले जितोस भन्ने मेरो चाहना छ । म सधैं कमजोर पक्ष लिन्छु । उसले जितोस भन्ने कामना गर्छु । कमजोर अघि बढ्नुपर्छ भन्ने मेरो मेरो विचार हो ।
यद्यपि म जर्मनी र खेलाडीमा क्रिष्टियानो रोनाल्डोको फ्यान हो । जर्मनी र क्रिस्टियानोले मेरो मन जित्दै आएका छन् । मैले धेरै म्याच हेरें । तर उनको क्षमता अरुको भन्दा फरक पाएँ । क्रिष्टियानो रोनाल्डोको फिटनेश, उनको संघर्षको इतिहास, फुर्तीका साथ खेल्ने तरिकाबाट म प्रभावित भएको छु ।
म सानैदेखि फुटबलमा रुची राख्ने र खेल्ने पनि गर्थें । स्कुलमा छुट्टि भएर फर्किनासाथै फुटबल खेल्न दौडिहाल्थें । मोजाको बल बनाएर खेलेका ती दिनहरूले पछि मलाई फुटबलमा पनि रुची बढाउँदै लग्यो ।
बेल्जियमले लानसक्छः करुण शाक्य, सुजुकी
मेरो बिचारमा यस पटकको युरो कप बेल्जियमले लान्छ । किनभने सबैभन्दा सुपेरियर टिम बेल्जियमको छ । उसको खेलाडीहरू सबै फममा भएका खेलाडी छन् ।
वास्तममा म फ्यान त इङ्ग्लयाण्डको हो । तर बेल्जियमले जित्छ भन्ने लाग्छ । म सानैदेखि इङ्ग्लयाण्डको फ्यान हो । सन् १९९४ को वल्डकपबाटै मैले अन्तर्राष्ट्रिय फुटबल म्याच हेर्न थालेको हो । त्यतिबेला बुबासँग बसेर फुटबल म्याच हेर्थें जुन मलाई अहिले पनि याद आइरहन्छ । त्यतिबेला म त्यस्तै ८–९ बर्षको थिएँ ।
म सानोमा स्कुलमा फुटबल चाहीं खेल्थिन । खास म बास्केटबलको प्लेयर हो । तर फुटबल खेलेको चाहीं हेर्न निकै मन लाग्छ ।
म जर्मन सर्पोटर हो, तर.....ः सुवाश खतिवडा, युनाइटेड सिमेन्ट
म त जर्मन सर्पोटर हो । तर यस पटक युरो कप जर्मनीले लाँदैन् । यस पटक प्रेडिक्ट गर्न अल्लि कठिन नै छ । जर्मनीको खेल भनेको टिम प्ले हो । कमजोर राष्ट्रसँग पनि मुस्किलले खेलिरहेको हुन्छ । अल्ली बलियो टिमसँग पनि राम्रो खेलिरहेको हुन्छ । त्यो भएकाले जर्मनीको बारेमा भन्नै सकिन्न ।
अब जर्मनी र इङ्ल्याण्डको म्याच छ । यो म्याच पक्कै जर्मनीले नै जित्छ । कस्ले जित्छ भन्ने कुरा राउण्ड अफ १६ बाट अल्ली अनुमान गर्न सकिन्छ । अहिले नै ठ्याक्कै भन्न सकिन्न । अहिले मैले हेर्दा इटली बलियो छ । एउटा पनि म्याच हारेको छैन् । नेदरल्याण्ड पनि बलियो टिम देखिएको छ । अर्को बलियो टिम भनेको बेल्जियम पनि छ । दाबेदारको हिसावले भन्ने हो भने बेल्जियम नै हो ।
मलाई क्रिकेटबारे त केही थाहै छैन् । फुटबल मात्रै हेर्ने हो । १९९८ देखि वल्डकप हेर्न थालेको हो । २००२ बाट फलो नै गर्न थालें । खेल्न त कहिले पनि खेलिन । हेर्ने मात्रै हो ।
पोर्चुगलले जितोस भन्ने थियो, तर बाहिरियोः अरुणराज पौडेल, नेबिको
मलाई चाहीं पोर्चुगलले जितोस भन्ने थियो । तर आज बाहिरियो । दुःख लागेको छ । मलाई पोर्चुगल मन पर्नुको अरु कुनै कारण होइन् । क्रिष्टियानो रोनाल्डो भएर मात्रै हो । मलाई उसले खेलेको साह्रै मन पर्छ । टिम प्ले, कोअर्डिनेशनको हिसावले हेर्ने हो भने जर्मनी राम्रो लाग्छ । तर क्रिष्टियानोको टिम भएकाले पोर्चुगलले जितोस भन्ने थियो । तर आज बाहिरियो ।
यस पटक म्याच राति भएकाले रेगुलर हेर्न सकेको छैन् । तर फुटबलको लाइभ म्याच हेर्न साह्रै मन पर्छ । सानैमा धेरै फुटबल खेल्ने भएर पनि होला, मलाई युरोप कप, कोपा अमेरिका, वल्ड कप हेर्न निकै रुची लाग्छ । तर यस पटक नियमितरुपमा म्याच हेर्न नपाएकाले यही टिमले जित्छ भन्ने गाह्रो भयो ।
जहाँसम्म लाग्छ, इटलीले लान्छः कृष्ण सुवेदी, नबिल बैंक
म्याच राति भएकाले मन पर्ने टिम परेको दिनमा मात्रै हरिन्छ । अन्य दिन हेरिन्न । मलाई त जहाँसम्म लाग्छ इटलीले लान्छ यस पटकको युरो कप । किनभने सुरुमै टर्कीलाई, स्वीजरल्याण्डलाई हराउँदै अहिलेसम्म अपराजित यात्रामा अघि बढिरहेको छ ।
इटलीको टिम एकदमै व्यालेन्स छ । फिल्डिङ खेल्ने फरवार्ड टिमको रुपमा पनि इटलीले आफूलाई रुपान्तरण गरेको छ । अरु टिम पनि कमजोर भन्न मिल्दैन् । अन्तिम समयमा उपाधि कस्तो हातमा पर्छ भन्न सकिन्न । तर अहिलेसम्मको खेल हेर्दा इटलीको सशक्त देखिन्छ ।
खेलहरूमा मलाई हेर्न फुटबल नै मन पर्छ । विशेषगरी युरो कप, कोपा अमेरिका । एकदमै एक्साइटेड हुन्छ । क्रिकेट हेर्दा अल्छी लाग्छ । मैले हुर्नपर्दा फुटबल नै हेर्छु । अझ भन्दा वल्ड कप मन पर्छ ।
मलाई फुटबल होइन, अरु कुरा सोध्नुस नः सितल दाहाल, हिरो (एनजीएम)
साच्चै भन्दा मलाई खेलमा मन पदैन् । तर म जुन ठाउँमा बसेर काम गरिरहेको छु, त्यहाँ बसेर खेलकुद मन पर्दैन भन्न पनि भएन् । यस्तो अवस्थामा अध्ययन नगरी नबुझी युरो यस्ले जित्छ भन्यो भने आर्टिफिसियल हुन्छ । म फुटबल हेरेर बस्न पनि भ्याउँदिन । त्यसमाथि कहिले काहीं हेरौं न त भन्यो भने पनि रातिमा म्याच छ । त्यो भएकाले मैले झुटो कुरा तपाईंलाई गर्न हुँदैन् ।
मलाई अरु विषयमा सोध्नुस । महिलाको विषयमा सोध्नुस । दलितको विषयमा सोध्नुस् । दिल खोलेर कुरा गर्छु । यो देशमा छुवाछुत हुनुहुँदैन् । छोरीले छोरासरह अंश पाउनुपर्छ । छोरीले पढ्न पाउनुपर्यो । आमाको नाममा नागरिकता पाउनुपर्यो । यी विषय रुचीका विषय हुन् ।
मेरो सौखको विषय खेल होइन् । व्यक्तिगतरुपमा मलाई सौख नभए पनि टू ह्वीलर कम्पनीमा काम गर्ने भएकाले फुटबल, क्रिकेट जस्ता हरेक खेलहरूमा चासो त हुन्छ । तर युरो कपमा यही टिमले जितोस भनेर झण्डा बोक्न सक्दिन् ।
पोर्चुगल बाहिरिहाल्यो, इटलीले नै लैजालाः भक्तबहादुर केसी, गरिमा विकास बैंक
इटलीले नै लैजाला जस्तो लाग्छ । किनभने अहिलेसम्म म्याच हारेको छैन् । पोर्चुगल, नेदरल्याण्ड जस्तो संभाविट टिभ बाहिरिसक्यो । अल्ली संभावना देखिएको इटली नै हो । अनुमान गर्ने नै त हो ।
इटलीको खेल राम्रो छ । वल्डकप पनि धेरै पटक जितेको टिम हो । तालमेल मिलाएर एग्रेसिभ खेलिरहेको छ । अहिलेसम्मको खेल हेर्दा त्यस्तो लाग्छ । राउण्ड १६ मा गइसकेपछि अर्कोले राम्रो खेल्न पनि सक्छ । खेलाडीको हिसावले हेर्ने हो भने न क्रिस्टियानो रोनाल्डोले खेलेको मलाई मन पर्छ । मान्छे पनि हसिलो, खेल पनि फुर्तिलो । उसलाई हेरेर पोर्चुगलले जित्छ कि भन्ने लाग्थ्यो । हारिगो ।
युरो कपभन्दा पनि वल्डकप हेर्न अल्ली मज्जा लाग्छ मलाई । पहिला त हेरिन्थेन । गएको चार वटा वल्डकप म्याच चाहीं मैले नछुटाइ हेरेको छु । युरो कप, अरु म्याच चाहीं टिम हेरेर हेरिन्छ ।