युरो कपको सेमिफाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्क भिड्ने

Advertisement

काठमाडौं । जारी युरो कपको सेमिफाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्क पुगेका छन् । गए राती भएको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई र इङ्ग्ल्यान्डले युक्रेनलाई हराएर सेमिफाइनलमा प्रवेश गरेका हुन् । 

उत्कृष्ट प्रदर्शन गर्दै आएको चेकलाई पहिलो हाफमा डेनमार्कले २ गोलले अग्रता लिए पनि दोस्रो हाफमा चेकले बराबरी गर्न सकेन् । दोस्रो हाफमा चेकका सिकले एक गोल मात्रै गर्न सके । बराबरीका लागि निकै कसरत गरेको चेकले अन्ततः हार स्वीकार गरेर बाहिरियो । 

Advertisement

ग्रप बीको उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको डेनमार्क अन्तिम १६ मा वेल्सलाई ४–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । डेनमार्क १०औं स्थानमा छ । ऊ २९ बर्षपछि पहिलोपल्ट सेमिफाइनलमा पुगेको हो । 

यस्तै, गएराति युक्रेनलाई ४–० हराउन सफल इङ्ग्ल्यान्ड फिफा विश्व बरियतामा चौंथो नम्बरमा छ । अघिल्ला खेलहरू राम्रै खेल्दै आएको युक्रेनले पछिल्लो खेल भने आकर्षक खेल्न सकेन् । 

ह्यारी केनको दुई गोल, म्याकग्वेर र जोर्डन हेन्डरसनको एक–एक गोलमा इङ्ग्ल्यान्डले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको हो । इंग्ल्यान्ड युरोको इतिहासमा सेमिफाइनल पुगेको यो पहिलोपल्ट हो । मंगलबार हुने सेमिफाइनलमा इंग्ल्यान्डले डेनमार्कको सामना गर्नेछ ।

Advertisement

Advertisement