अबको निर्वाचनमा बुढो कांग्रेसलाई २३ बाट १३ सिटमा झारिन्छ, माधव समूह पत्तासाफ हुन्छः ओली

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा झारिदिने चेतावनी दिएका छन् । अध्यक्ष ओलीले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सिमित हुने गरी चुनावी अभियानमा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । 

आफ्नो पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार गरेको कार्यक्रममा ओलीले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकहरुले काँग्रेसलाई भोट नहाल्ने दावी गरे । कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरुले चेताईसकेको हुनाले युवाहरुले पनि ती पार्टीहरुलाई मत नदिने उनको तर्क छ । 

Advertisement

अध्यक्ष ओलीले माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरुले जोगाई दिएको र माधव नेपालहरु अबको निर्वाचनपछि समाप्त हुने बताउँदै ओलीले भने, ‘एमालेलाई चौंथो पार्टी बनाउछु भन्छन कोही । अहिले चौंथो पार्टी हो एमाले संसदमा ? संसदमा एमालेसँग ९८ सिट छ । अरुको धेरै भएकाको पनि ६१ सिट छ । कोही हामीले बनाइदिएको ४८ सिट लिएर हामीले टाँसी दिएको जुँगामा ताउ लाउँछ । त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु– यो गठबन्धन केही होइन । बुढो कांग्रेस पाँच वर्ष अघि २३ सिटमा झरेको होईन ? काँग्रेसलाई १३ सिटमा झारिदिनु पर्छ अहिले, लाग्नुस तपाईंहरु । बुढाबुढी, ज्येष्ठ नागरिकहरुले ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुले काँग्रेसलाई भोट हाल्दैनन् । अनि युवाहरु काँग्रेस, माओवादीबाट चेतिसकेका छन् । उनीहरुले पनि काँग्रेसलाई भोट हाल्दैनन् ।’

अध्यक्ष ओलीले सत्तारुढ दलहरुको निदहराम हुनेगरी स्थानीय तह निर्वाचनको तयारीमा आफ्नो पार्टी लागिपर्ने बताए । सत्तारुढ गठबन्धन केही नभएको उल्लेख गर्दै उनले स्थानीय तह निर्वाचनको परिणामले उनीहरुलाई भोक हराम, निदहराम बनाउनुपर्ने बताए । 

अदालतबाट बनेको वर्तमान सरकारलाई जनताको मटबाट हराउने ओलीले दोहो¥याए । उनले भने,  ‘अब हामीले निर्वाचनको प्रतिक्षा गर्नुछ । र, निर्वाचनमा विजय हासिल गर्नुछ । हामीले यस निर्वाचनबाट संसदीय निर्वाचनहरुको झलक दिनुछ, ताकी यिनीहरुको मनमा अहिल्यैदेखि ढ्याङ्ग्रो ठोकियोस् । अहिल्यैदेखि निन्द्रा लाग्न छोडोस् । यो गर्ने भनेको स्थानीय तह निर्वाचनमा हो । म यहीँ उत्साह बोकेर जान आग्रह गर्दछु । यो गठबन्धन केही पनि होईन । अदालतले बनाइ दिएको हो । अदालतले बनाएका काँचो सिसाको गठबन्धन, अदालतले बनाई दिएको सरकार, मुद्दा जितेर आएको सरकार, मुद्दा लडन जा भन्ने, जनताको बीचमा हामी जाने । जनताको मत हामीले लिने, उनीहरुलाई हराउने । हामी जनताको मत लिएर सरकारमा जान्छौं । काँग्रेसले अघिल्लो सरकारको भण्डाफोर गरेर निर्वाचनमा जान्छ रे । उसले जे पायो त्यही बोल्छ ।’

Advertisement

Advertisement