होटल व्यवसायी सर्राफको निधन

Advertisement

काठमाडौं । नेपालको होटल व्यवसायमा महत्वपूर्ण योगदान पुर्याएका राधेश्याम सर्राफको निधन भएको छ । याक एण्ड यति र ह्यात रिजेन्सी होटलका सञ्चालक सर्राफको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको हो । उनी ९२ बर्षका थिए । 

नेपालको पर्यटन क्षेत्रमा ठूलो लगानी र योगदान गरेको उनले सन् १९९७ मा याक एण्ड यति होटल स्थापनामार्फत होटल व्यवसायमा जोडिएका थिए । जानकारहरुका अनुसार रसियन नागरिक बोरिस लिसानोभिचले अहिलेको निर्वाचन आयोग रहेको बहादुर भवनमा शुरु गरेको रोयल होटलमा पनि सर्राफ संलग्न थिए । 

Advertisement

त्यसको केही समयपछि उनले आफ्नै होटल स्थापना गरेका थिए । होटल व्यवसायमा निरन्तर सक्रिय सर्राफको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उनको पारिवारिक स्रोतले जनाएको छ । सर्राफका दुइ छोरा अरुण र उमेश छन् । 
 

Advertisement

Advertisement