केपी ओली राजालाई भेट्न लुकेर जाने गरेको माधव नेपालको आरोप

Advertisement

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न लुकेर जाने गरेको आरोप लगाएका छन् । अखिल नेपाल महिला संघ (समाजवादी)ले शुक्रबार गरेको कार्यक्रममा उनले त्यस्तो आरोप लगाएका हुन् । 

नेता नेपालले ओली ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको बताए । आसन्न स्थानीय निर्वाचनमा साँठगाँठका लागि ओली पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको उनको तर्क छ । 

Advertisement

नेता नेपालले ओली दक्षिणपन्थी भएको दाबी गर्दै दक्षिणपन्थी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि चुनावमा मिलेर जाने प्रयासमा रहेको बताए । आफूहरु भने वामपन्थी, लोकतान्त्रिक शक्ति भएकाले कांग्रेसलगायतका शक्तिहरुसँग चुनावी तालमेल गरेर अघि बढने उनको भनाइ छ । 

गठवन्धनका लागि  कांग्रेसको संस्थागत निर्णयको पर्खाईमा आफूहरु रहेको उल्लेख गर्दै नेता नेपालले अन्य वामपन्थी राजनीतिक शक्तिहरुले पनि आफ्नो पार्टीसँग चुनावी तालमेलका लागि प्रस्ताव गरिरहेको बताए ।

एमाले परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर नै चलेको नेपालको दाबी गर्दै उनले पार्टी स्थापना भएको ६ महिनाको छोटो अवधिमा कुनै पनि पार्टीले नेपालको इतिहासमा आफ्नो पार्टीले जस्तो आकार ग्रहण गर्न नसकेको जिकिर गरे । 

Advertisement

Advertisement