गणतन्त्रपछि पनि विकासले गति लिन सकेन भनेर अनेकथरी कुरा गरियोः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रणाली अनुरुपको सामाजिक न्याय हुन नसक्दा गणतन्त्रपछि पनि आर्थिक विकास हुन नसकेको बताएका छन् ।

राष्ट्रिय आर्थिक सरोकार समाजको कार्यक्रममा शुक्रबार उनले सामाजिक न्याय र कसरी मौलिक अधिकारलाई परिपूर्ति गर्न सकिन्छ ? भन्ने बारेमा सबै राजनीतिक दलहरुमा आधारभूत एकरुपता हुनुपर्ने बताए । शर्माले अहिले शोधनान्तर घाटाको अवस्था ठूलो रहेको पनि बताए । 

Advertisement

उनले भने, ‘आज गणतन्त्रपछि पनि विकासले नयाँ गति लिन नसक्नुको कारण हाम्रो यो प्रणाली राज्य प्रणालीको कुरा गरेका छौँ । त्यो प्रणालीअनुरुपको के को कुरा के हो भन्ने एउटाले अर्कोले अर्को कुरा भनिरहेको छ । कसरी हुनसक्छ सामाजिक न्याय, कसरी मौलिक अधिकारलाई परिपूर्ति गर्न सकिन्छ ? भन्ने प्रश्नमा राजनीतिक दलहरुका आधारभूत एकरुपता चाहिन्छ । सबै सैद्धान्तिक कुरा मात्रै होइन ।’

मन्त्री शर्माले कोरोना महामारीका बीच पनि आर्थिक क्रियाकलापहरुमा वृद्धि भइरहेको दावी गरे । उनले पछिल्लो समय आयात बढेको र उपभोग्य वस्तुको आयात, कृषिजन्य वस्तुको आयात अर्बौंमा रहेको बताए । 

Advertisement

Advertisement