स्थानीय चुनावमा एक करोड ७७ लाख ३३ हजारले मतदान गर्नसक्ने

Advertisement

काठमाडौँ । आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जनाले मतदान गर्नसक्ने भएका छन् । 

निर्वाचन आयोगको आइतबार बसेको बैठकले उक्त संख्यामा अन्तिम मतदाता नामावली टुंगो लगाएको हो । त्यसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५३० जना महिला र यौनिक तथा लैंगिक अल्पसंख्यक १८३ जना मतदाता रहने छन् । 

Advertisement

आयोगका अनुसार मोरङमा सबैभन्दा बढी सात लाख १५ हजार २२३ जना छन् भने सबैभन्दा कम मनाङमा छ हजार ४९६ मतदाता छन् । यसअघिको २०७४ सालको स्थानीय चुनावमा एक करोड ४० लाख ७२ हजार ४२४ मतदाता थिए । 

Advertisement

Advertisement