युद्ध जारी रहँदा राष्ट्र संघका महासचिव युक्रेनको राजधानीमा, रुसले हान्यो दुई क्षेप्यास्त्र

Advertisement

काठमाडौं । रुस–युक्रेन युद्ध जारी रहेको बेला संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरस युक्रेनी राजधानी कियभ भ्रमण गर्न पुगेका छन् । गुटेरसको भ्रमणकै क्रममा रुसले दुई क्षेप्यास्त्र हानेर चुनौति दिएको छ । 

उनले रुसी क्षेप्यास्त्र प्रहारबाट आफू स्तब्ध भएको भन्दै बीबीसीलाई प्रतिक्रिया दिएका छन् । रुसले कियमको मुख्य भागमा रहेको २५ तले भवनलाई निशाना बनाएको थियो जसबाट कयौं गैरसैनिकहरु घाइते भएको बीबीसीले बताएको छ । 

Advertisement

घटनास्थलमा रहेका एक सरकारी अधिकारीले उक्त क्रुज क्षेप्यास्त्र क्रिमियाबाट प्रहार गरिएको बताएका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यस आक्रमणले राष्ट्र संघप्रतिको रुसी वास्तविक धारणालाई उजागर गरेको भन्दै आलोचना गरेका छन् । उनले यस कार्यको कडा प्रतिवाद गर्न पनि आग्रह गरेका छन् । 

राष्ट्र संघको सुरक्षा परिषद्को पाँच स्थायी सदस्य राष्ट्रमध्ये रुस पनि एक हो । युक्रेनमा जारी द्वन्द्वलाई लिएर ल्याइएका एक भन्दा बढी प्रस्तावलाई उसले भिटोमार्फत निष्क्रिय तुल्याइदिएको छ । महासचिव गुटेरसले सुरक्षा परिषद्ले कदम चाल्न नसके पनि राष्ट्रसङ्घका अरू निकायहरूले काम गरिरहेको बताएका छन् ।

उनले रुसी अतिक्रमण संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको बर्खिलाप भएको पनि बताएका छन् । गुटेरसले संयुक्त राष्ट्रसङ्घले घेराबन्दीमा परेको मारिऊपोल शहरमा फसेका गैरसैनिकहरूको उद्धार सुनिश्चित गर्न राष्ट्रसङ्घले हरसम्भव प्रयास गर्ने बताएका छन् ।

Advertisement

Advertisement