स्थापितको उम्मेदवारी एमालेलाई प्रतिउत्पादक हुने संकेत, ४५ अधिकारवादी एनजीओ विरोधमा

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई केशव  स्थापितको उम्मेदवारी प्रतिउत्पादक हुने संकेत देखिएको छ । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार स्थापित विगतको आफ्नो विवादास्पद छवी र पछिल्ला दिनका विवादास्पद अभिव्यक्तिका कारण अप्ठ्यारोमा परेका छन् । 
 
उनका पछिल्ला अभिव्यक्तप्रति महिला मानवअधिकारका क्षेत्रमा क्रियाशील ४५ वटा गैरसरकारी संस्था (एनजीओ)ले विज्ञप्ति जारी गर्दै स्थापित मेयरको उम्मेदवार हुन अयोग्य रहेको औंल्याएका छन् । 

एक सार्वजनिक कार्यक्रममा एमालेबाट मेयरको उम्मेदवार बनेका स्थापितले प्रश्नकर्ता युवतीलाई आपत्तिजनक निकृष्ट शब्द प्रयोग गरेको भन्दै ती एनजीओले विरोध जनाएका हुन् । उनीहरुले आफ्नो संयुक्त विज्ञप्तिमा स्थापितलाई कारबाही गर्न माग गरेका छन् ।

Advertisement

विज्ञप्तिमा भनिएको छ, ‘‘‍यस्ता असंवेदनशील, गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने, सार्वजनिक स्थानमै महिलालाई अपमानजनक र अमानवीय व्यवहार गर्नेलाई पार्टीले तुरुन्त कारबाही गरी मेयरको उम्मेदवारी रद्द गर्नुपर्छ ।’ 

ती एनजीओहरुले स्थापितको अभिव्यक्ति संविधानमा व्यवस्था भएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, स्वतन्त्रताको हक, समानताको हक, शोषणविरूद्धको हक र सामाजिक न्यायको हकविरूद्ध भएको भन्दै ‘मी टू’को आरोप लागेको स्थापित आरोपबारे उत्तेजक प्रतिक्रिया दिने, सो विषयमा प्रश्न गर्दा सार्वजनिक कार्यक्रममै प्रश्नकर्तालाई अपमानजक शब्द प्रयोग गर्ने जस्ता क्रियाकलाप गरेको औंल्याएका छन्  । 

Advertisement

Advertisement