भारतमा अस्तित्वको संकटमा रहेका कांग्रेस नेता राहुल गान्धीको गोप्य नेपाल भ्रमण

Advertisement

काठमाडौं । भारतीय जनता पार्टीको लोकप्रियतासँगै अस्तित्वको संकटमा रहेको भारतीय राष्ट्रिय कङ्ग्रेसका नेता राहुल गान्धीले अहिले गोप्यरुपमा नेपाल भ्रमणमा रहेको खुलासा भएको छ । 

साथीको विवाहको बहानामा नेपाल आएका उनको भ्रमण अर्थपूर्ण देखिन्छ । भारतीय राष्ट्रिय कङ्ग्रेसका पूर्वउपाध्यक्षसमेत रहेका गान्धी यो नेपाल भ्रमण व्यक्तिगत भएको भनिए पनि राजनीतिक भेटघाट हुनसक्ने अडकल गरिएको छ । 

Advertisement

नेपालका राजनीतिक दल र नेताहरुमा कुनै समयमा निकै ठूलो प्रभाव राख्ने भारतीय राष्ट्रिय कङ्ग्रेसको अहिले भने प्रभाव न्यून रहेको छ । भारतमा भारतीय राष्ट्रिय कङ्ग्रेसको अस्तित्व संकटमा परेसँगै नेपालमा पनि सो पार्टीनिकन मानिएका नेताहरु संकटमा रहेका छन् । नेपालको राजसंस्था विस्थापित गर्न र धर्मनिरपेक्षा राष्ट्र घोषणा गर्न पनि भारतीय राष्ट्रिय कङ्ग्रेस र पश्चिमाहरुको मुख्य भूमिका रहेको बताइँदै आएको छ । 

पाँच दिने नेपाल भ्रमणका लागि सोमवार राजधानी काठमाडौं आइपुगेका राहुल नक्सालस्थित होटल म्यारियटमा बसेका छन् । नेपालमा रहँदा केही पर्यटकीय क्षेत्रको समेत भ्रमण गर्ने बताइएको छ । 

व्यक्तिगत भ्रमण भनिए पनि काठमाडौं ओर्लिनासाथ सरकारले उनको सुरक्षाको लागि भनेर सुरक्षाकर्मी खटाएको समाचार छ । आएकै दिन उनीसहितको गान्धी परिवार एक नाइट क्लबमा पुगेको तस्वीर पनि सार्वजनिक भएको छ । भारतीय राष्ट्रिय कङ्ग्रेसको अस्तित्व संकटसँगै गान्धी परिवारको पनि पतनको रुपमा हेरिएको छ । 

Advertisement

Advertisement