जगन्नाथलाई रेनुको समर्थनमा वक्तव्य जारी गराउन देउवा आजै भरतपुर जाँदै

Advertisement

चितवन । पेचिलो बन्दै गएको भरतपुर महानगरपालिकाको समस्या समाधान गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार आफै भरतपुर जाने तयारी गरेका छन् । 

नेपाली का्रग्रेसबाट मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलका कारण सत्तारुढ गठबन्धनबाट मेयर पदमा उठेकी नेकपा (माओवादी केन्द्र)की नेतृ तथा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु पराजित हुने संभावना बढेपछि समस्या समाधान गर्न देउवा आफै भरतपुर जान लागेका हुन् । 

Advertisement

जगन्नाथलाई अफ्नो अडान नछोड्न स्थानीय कांग्रेस कार्यकर्ताले दबाब दिएका छन् भने केन्द्रबाट रेनुलाई समर्थन गरेको वक्तव्य जारी गर्न दबाब बढ्दै गएको छ । आफ्नो गडमा दोहोर्याएर प्रचण्डपुत्रीलाई मेयर बनाएको भन्दै स्थानीय कांग्रेस नेता कार्यकर्ता रुष्ट बन्दै आएका छन् । सोही असन्तुष्टिको प्रतिनिधित्व गर्दै मेयरमा उठेका जगन्नाथ पौडेललाई आफ्नो अडान नछोड्न चर्को दबाबसँगै समर्थन पनि बढेको छ । 

उनको उम्मेदवारी फिर्ता गर्न देउवाले गृहमन्त्री बालकृष्ण खाँड, राज्यमन्त्री उमेश श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई परिचालन गरे पनि पौडेलले अस्ूवीकार गरेपछि देउवा र प्रचण्डले फोन गरेका थिए । फोन गर्दा पनि पौडेलले अडान कायम राखेका छन् । केही गर्दा पनि उपाय नलागेपछि देउवा आफै आज भरतपुर गरेर जगन्नाथलाई फिर्ता गराउने अन्तिम प्रयास गर्न लागेका हुन् । 

पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारी अहिले भरतपुरमा नै छन् । उनले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । बुधबार बिहान उनी बसेको होटल सिराइचुलीमा चितवनका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो । सोही होटलमा आयोजित पत्रकार सम्मेलनमा नेता शंकर भण्डारीले प्रधानमन्त्री देउवा बुधबार भरतपुर आउने जानकारी दिएका हुन् ।

सत्तारुढ गठबन्धनले बिहीबार भरतपुरको केन्द्रीय बसपार्कमा संयुक्त चुनावी सभा आयोजना गर्दैछ । त्यसअघि नै भरतपुरको किचलो मिलाउन देउवा आजै भरतपुर जान लागेका हुन् । 

Advertisement

Advertisement