काठमाडौंमा थुप्रिएको फोहोरलाई उपेक्षा गरेर रेणुलाई जिताउन सत्ता गठवन्धनका नेताहरु भरतपुरमा

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री तथा भरतपुर महानगरपालिकाकीको मेयरकी उम्मेदवार रेनु दाहाललाई चुनाव जिताउन सत्ता गठवन्धनका दलहरु चितवनको भरतपुरमा भेला भएका छन् । 

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा फोहोर थुप्रिन थालेको हप्तौं भइसक्दा पनि उक्त समस्या समाधानतर्फ ध्यान दिन छोडेर प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका सत्ता गठवन्धनका नेताहरु भरतपुरको आमसभामा भाग लिन पुगेका हुन् । 

Advertisement

सत्ता गठवन्धनबाट मेयरको उम्मेदवार रणु दाहाल रहे पनि नेपाली कांग्रेसका बागी जगन्नाथ दाहालको पक्षमा जनलहर देखिएपछि सम्पूर्ण शक्ति भरतपुरमा लगाइएको हो । भरतपुरमा रेणुको विजय अहिले सत्ता गठवन्धनका नेता र भरतपुरका कांग्रेस कार्यकर्ताको लागि प्रतिष्ठाको विषय बनेको छ । 

निकै दबाब दिँदा पनि बागी उम्मेदवार पौडेल पछि हट्न नमानेपछि रेणुलाई जिताउन देउवासहितका नेता भरतपुर पुगेका हुन् । देउवासहितका नेता पुगेपछि केही दिनअघिसम्म रेणुलाई समर्थन नगर्ने बताउँदै आएका चितवनकै कांग्रेस नेताहरु पनि आजको सभामा रेणुलाई जिताउन प्रतिवद्धता जनाएका छन् । 

सभामा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल देखिए पनि शेखर कोइराला भने देखिएनन् । कार्यक्रममा कोइराला पनि जाने बताइएको थियो । अघिल्लो स्थानीय निर्वाचनमा मतपत्र चपाएर चुनाव जितेको भन्दै रणु दाहालमाथि आलोचना हुँदै आएको छ । 

Advertisement

Advertisement