रेणु दाहाललाई हराएर देशमा गठबन्धन टुटाउने षड्यन्त्र हुँदैछः देउवा

Advertisement

भरतपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनको उम्मेदवार रेनु दाहाललाई निर्वाचनमा जिताउन आग्रह गरेका छन् । भरतपुरमा सत्तारुढ पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभामा उनले भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहाललाई सबैले सहयोग गरेर जिताउन आग्रह गरेका हुन् । 

देउवाले निवर्तमान मेयर समेत रहेकी दाहालले महानगरपालिकामा राम्रो काम गरेको भन्दै राम्रो काम गर्नेलाई जिताउनुपर्ने बताए । दाहालले निर्वाचन जितिसकेको उल्लेख गर्दै देउवाले कांग्रेसले बखेडा गर्ननहुने तर्क गरे । 

Advertisement

उनले देशमा गठबन्धन आवश्यक रहेको बताउँदै रेणु दाहाललाई हराएर गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको तर्क गरे । देउवाले हाल दाहाललाई जिताउनु आफूहरुको कर्तव्य रहेको बताए । पछि आफूहरुका लागि छोड्न आग्रह गरिने उनको भनाई छ । 

देउवाले भने– ‘रेनु हुँदैन भन्नुहुन्छ । यस्तो काम गर्ने मान्छे नभए हो हुन्छ त यहाँ ? उहाँ आफै जितिसक्नुभयो । जित्नुहुन्छ । अनि हामीले त्यसमाथि आड नलगाउने ? गठबन्धनको कारणले मैले ८२ प्रतिशत भोटले मैले हाम्रो पार्टीले सबै ठाउँमा जितेको छ । ८२ सिट ल्याएको छ कांग्रेसमा केन्द्रीय समितिमा । यो सानो जित होइन नि । त्यसो भएको हुनाले कुरा स्पष्ट के हुनुपर्यो भनेदेखिलाई यो देश एक्लै कुनै पार्टीले पनि देश बनाउन सक्दैन । बहुमत ल्याउन सक्दैन । गठबन्धन आवश्यक छ । सबैभन्दा गठबन्धन नभई नहुने कुरा छ । सजिलो मान्छे हुन जस्तो लाग्छ प्रचण्डजी तपाईंहरुले चिन्नु नै भएको छैन् । उहाँले अघिल्लो पल्ट किन प्रधानमन्त्रीबाट फिर्ता लिनुभयो समर्थन भन्ने कुरा सबैलाई थाहा छ नि । एउटा ठूलो षड्यन्त्र छ हेर्नुस् । यो गठबन्धन टुटाउने षड्यन्त्र छ । यो षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी पनि खत्तम हुन्छ । उहाँहरुको पनि त्यही हो । कुनै पनि हालतमा यो गठबन्धन टुटाउने षड्यन्त्र भरतपुर चितवनबाट हुन सक्दैन । हुनु हुँदैन ।’ 

उनले थपे, ‘यो कुरा स्पष्ट हुनुस् तपाईंहरु । भोली हाम्रो साथीहरुले मौका पाइहाल्थे नि राम्रो काम गर्नुस् न । उहाँलाई पछि छोड्नुस् सहयोग गर्नुस् भनौला नि । उहाँलाई सहयोग गरेर हेर्नुप¥यो नि हामीले एकपल्ट । हाम्रो कर्तव्य हो अहिले उहाँलाई जिताउनुपर्ने कर्तव्य । यस्तो राम्रो काम गर्ने मान्छेलाई हरायो भनेदेखि यहाँको जनताले के भन्लान ? भरतपुरका जनताले के भन्लान ? महानगरपालिकाका मान्छेले के भन्लान ? जसले यस्ता–यस्ता काम गर्ने अठोट लिनुभएको छ । सबै साथीहरुले सहयोग गरेर उहाँलाई जिताउनुस् । जिताएको खण्डमा भोली हाम्रो गठबन्धन बलियो हुन्छ । १०÷२० वर्ष गठबन्धन चल्छ । अगाडी बढ्छ । त्यसैले म सम्पूर्ण आदरणीय दाजुभाई दिदीबहिनीलाई के भन्न चाहान्छु भने उहाँ जितिसक्नु भएको छ । तर हाम्रो पार्टीले कुनै किसिमको बखेडा गर्ने काम छैन । सहयोग गर्नलाई हामी हार्दिक अनुरोध गर्न चाहान्छु ।’

Advertisement

Advertisement