काठमाडौं धनीहरुको सुकुम्बासी बस्ती बन्यो, अब पालो भरतपुरकोः मिश्र

Advertisement

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पटक पटक सत्तामा बस्दै आएका ठूला भनिएका दलले आफ्नो जग्गा अगाडिको पाटो पिच गरिदिए भन्दैमा खुशी नहुन भरतपुरवासीलाई आग्रह गरेका छन् । 

सामाजिक सञ्जालमा लेख्दै उनले दलहरुले काठमाडौंलाई सुकुम्वासी वस्ती बनाएको र भरतपुरलाई पनि त्यही बनाउन लागेको बताउँदै त्यस्तो बनिसकेपछि पछुताउनुको अर्थ नहुने बताएका छन् । 

Advertisement

मिश्र लेख्छन्, ‘अव्यवस्थित विकास गरेर तपाईंको पार्टीले काठमाडौँलाई कंक्रिटको जंगल बनायो । ‘धनीहरूको सुकुम्बासी वस्ती’ बनायो । अब भरतपुरलाई पनि त्यस्तै बनाउने ? भरतपुरवासीलाई आग्रहः आफ्नो जग्गा भएर जाने बाटो पिच हुँदैमा खुशी नहुनुहोला। शहर ‘सुकुम्बासी वस्ती’ बनेपछि पछुताउनुको अर्थ हुँदैन् ।

भरतपुरकी हालकी मेयर तथा आसन्न निर्वाचनका लागि पुनः मेयरको उम्मेदवार बनेकी रेणु दाहालले आफूले भरतपुरका गल्ली गल्ली पिच गरेर विकास गरेको कुरालाई प्राथमिकताका रुपमा प्रस्तुत गर्दै आएकी छन् । 

Advertisement

Advertisement