रेणुलाई मेरो छोरीको रुपमा, सिर्जनालाई प्रकाशमानको श्रीमतीको रुपमा प्रचार गरियोः प्रचण्ड

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेयरका उम्मेदवारद्धय रेणु दाहाल र सिर्जना सिंहलाई अवमूल्यन गर्ने काम गरिएको तर्क गरेका छन् । 

काठमाडौंमा शुक्रबार आयोजित सत्ता गठवन्धनको चुनावी सभामा उनले रेणुलाई आफ्नी छोरीको रुपमा र सिर्जनालाई प्रकाशमान सिंहको श्रीमतीको रुपमा प्रचार गरेर अवमूल्यन गर्ने काम गरिएको बताए । 

Advertisement

प्रचण्डले छोरी रेणुप्रति संकेत गर्दै जहाँजहाँ महिलाहरुले नेतृत्व लिएर काम गरे, त्यहाँ राम्रो काम भएको दावी गरे । उनले महिला उम्मेदवारहरुमाथि विश्वास गर्ने र उनीहरुको योग्यतालाई सम्मान गरेर अघि बढनु मुलुककै आवश्यकता भएको प्रचण्डको तर्क थियो । 

उनले पुरुषहरुले राज गरेर धेरै लछारपाटो नलगाएको उल्लेख गर्दै अब महिलाहरुलाई त्यो अवसर दिनुपर्ने निष्कर्षमा आफू पुगेको बताए । प्रचण्डले भने, ‘यी मेयरका दुईटा प्रत्याशीका बारेमा एकथरी मान्छेहरुले नकारात्मक टिप्पणी नगरेका होईनन् । कसैलाई छोरीको रुपमा, कसैलाई श्रीमतीको रुपमा प्रचार गरेर महिलाहरुलाई अपमानित गर्ने, महिला भित्रको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मानिसका कोशिष छ । म त्यो प्रवृत्तिलाई हृदयदेखि विरोध गर्न चाहन्छु । त्यो नकारात्मक प्रवृत्ति हो ।’ 

उनले थपे, ‘हामी पुरुषहरुले धेरै राज ग¥यौं । तर धेरै साह्रो लछारपाटो पनि लगाउन सकिएन । एकचोटी महिलाहरुलाई कार्यकारी भूमिका दिएर हेरौं । यस अर्थमा हाम्रो संविधान कार्यान्वयनको दृष्टिले पनि र परिवर्तनलाई संस्थागत गर्ने दृष्टिकोणले पनि र परिवर्तनबाट नेपाली जनताले प्रगतिको अनुभूति गर्ने वातावरण बनाउनका लागि पनि यो पक्षलाई विशेष रुपले मनन गर्नुपर्दछ भन्ने मलाई लाग्दछ ।’

Advertisement

Advertisement