रेणु र सिर्जनालाई उम्मेदवार बनाउन मैले नै प्रचण्ड र प्रकाशमानलाई भनेको हुँः देउवा

Advertisement

काठमाडौँ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकामा सिर्जना सिंहलाई र भरतपुर महानगरपालिकामा रेणु दाहालाई उम्मेदवार बनाउन आफूले नै पुष्पकमल दाहाल प्रचण्ड र प्रकाशमान सिंहलाई भनेको दावी गरेका छन्  । 

छोरी र श्रीमतीलाई उम्मेदवार बनाएको भन्दै चौधरी आलोचना भइरहेको बेला देउवाले शुक्रबारको सत्ता गठवन्धनको चुनावी सभासमा त्यस्तो जिकिर गरेका हुन् । 

Advertisement

सत्तारुढ गठबन्धन लामो समयसम्म लानका लागि आफू तयार भएको र संविधानको वर्तमान निर्वाचन प्रणालीअनुसार कसैले बहुमत नल्याउने भएकाले सँगै अगाडि बढ्नुपर्ने भन्दै उनले ‘भोलि पनि गठबन्धन हुन्छ । अहिलेको गठबन्धन सजिलो छ । प्रचण्डजी त धेरै लचिलो हुनुहुन्छ । झगडा भयो भने भैहाल्यो भन्नुहुन्छ । हामी सबैले तपाईंको छोरी नउठाउनुस् भनेको भए मान्नुहुन्थ्यो ।’ 

देउवाले थपे, ‘ुमैले राम्रो काम गरेको छ टिकट दिनुस् भनेको हो । मैले भनेको हो । मैले भने, हेर्नुस् राम्रो काम गरेको महिलालाई उम्मेदवारी दिनुस् भनेको हो ।’

काठमाडौंमा सिर्जना सिंहलाई उम्मेदवार बनाउन प्रकाशमान डराएको तर आफूले बनाउन सल्लाह दिएको देउवाको भनाई थियो । उनले भने, ‘क्याहो, क्याहो स्वास्नी उठायो भन्लान्, हराइदिने हुन् कि भन्दै हुनुहुन्थ्यो ।’ 

चितवनमा विकासका राम्रा काम भएकाले फेरि रेनुलाई जिताउनुपर्ने देउवाको भनाई थियो । त्यस्तै, काठमाडौंमा यातायात, फोहोरको समस्या समाधन गर्न सिर्जना सिंहले प्रतिबद्धता गरेकाले गठबन्धनले जिताउनुपर्ने उनको तर्क छ । 

राजधानी रहेको काठमाडौं महानगरपालिकामा महिला उम्मेदवारलाई हरायो भने दुनियाँले के भन्ला ? भन्ने प्रश्न पनि देउवाले गरे । 

Advertisement

Advertisement