भ्रष्टाचार, अनियमिततामा दाग नलागेकालाई उम्मेदवार बनाएका छौं, जिताएर पठाइदिनुस्ः लिङदेन

Advertisement

काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय निर्वाचनमा आफूहरुले भ्रष्टाचार, अनियमिततामा दाग नलागेकालाई उम्मेदवार बनाएको बताउँदे जिताएर पठाउन जनतासँग आव्हान गरेका छन् । 

बनेपामा शुक्रबार आयोजित कार्यक्रममा उनले चुनाव जितेपछि विज्ञ समूह बनाएर स्थानीय निकायको विकासका लागि काम गर्ने बताए । लिङदेनले ठूला दलका बाकस खाली पठाएर उनीहरुलाई सबक सिकाउनुपर्ने खाँचो रहेको पनि बताए । 

Advertisement

उनले ठूला पार्टीलाई सुधार्ने हो भने बाकस खाली पठाइदिनुपर्ने बताउँदै भने, ‘यस पटकको निर्वाचन कांग्रेस, एमालेको बाकस खाली पठाइदिनुपर्छ । आफ्नो पक्षमा मत नदेखेपछि बल्ल कांग्रेस, एमाले, माओवादी केन्द्र सुधारिन्छन् ।’ 

कार्यक्रममा राप्रपाका उपाध्यक्ष भुवन पाठक, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य उदयसिह मुस्याजु, जिल्ला कार्यवहाक अध्यक्ष गणेशलाल श्रेष्ठलगायतले बोलेका थिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरेकालाई लिङ्देनले पार्टीमा स्वागत गरेका थिए ।

Advertisement

Advertisement