देउवाले बुटवलवासीलाई भने– एमसीसीबाट सबैभन्दा फाइदा तपाईंहरुलाई

Advertisement

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी संस्था एमसीसीसँग भएको परियोजना सहयोगसम्वन्धी सम्झौताबाट नेपाललाई धेरै फाइदा रहेको बताएका छन् । सत्ता गठबन्धनको शनिबार बुटवलमा आयोजित चुनावी सभामा उनले एमसीसीबाट सबैभन्दा धेरै फाइदा बुटवलवासीलाई हुने आशा देखाए । 

एमसीसी परियोजनाअन्तर्गत बुटवलदेखि दाङसम्मको सडक विस्तार हुने र विद्युत प्रशारण लाइन बन्ने भएकाले त्यसबाट सबैभन्दा बढी फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुने देउवाको तर्क छ । 

Advertisement

उनले एमाले अध्यक्ष केपी ओली सरकारमा हुँदा अरु दल र जनतामाथि अत्याचार गरेका र संसद दुई पटकसम्म विघटन गरेकाले अहिलेको गठबन्धन बनेको बताउँदै भने, ‘ओलीले अत्यन्तै ठूलो अत्याचार गरेपछि अहिलेको गठबन्धन बनेको हो । विरोध सहन नसकेर संसद भंग गरे । संविधानमा भंग गर्न पाउने व्यवस्थै छैन । तर अदालतले संसद पुनर्स्थापना गरेपनि ओलीले चल्न दिएका छैनन् । 

Advertisement

Advertisement