बालेन शाहको ‘क्रेज’ झन बढ्दा केशब स्थापित र सिर्जना सिंहलाई तनाव

Advertisement

काठमाडौं । स्थानीय चुनावको मिति नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयरको लोकप्रिय स्वतन्त्र युवा उम्मेदवार बालेन शाहको क्रेज झन बढेर गएको छ । 

सामाजिक सञ्जालसँगै घरदैलो कार्यक्रममा उनीप्रति बढ्दै गएको क्रेजले परम्परागतरुपमा काठमाडौंका राजनीतिमा खालीखेली गर्दै आएका नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरुलाई तनावको विषय बनेको छ । 

Advertisement

मुलुकको राजधानीको महानगरपालिका भएकोले पनि यहाँको चुनावी चहलपहल राष्ट्रिय अन्तर्राष्ट्रिय  बहसको विषय बनेको छ  । यतिबेला बालेन शाहप्रति देखिएको आकर्षण र उनको लोकप्रियता स्थानीय मतदानमा देखिन्छ कि दे्खिन्न ? भन्ने विषय सबैको चासो बनेको छ । 

र्र्याप गीतबाट लोकप्रिय भएका बालेन एउटा स्ट्रक्चरल इन्जिनियर पनि भएकोले र पूरानो साँस्कृतिक शहरको रुपमा रहेको काठमाडौंको संस्कृति जोगिने गरी विकासको कुरा गरेकाले पनि उनीप्रति मानिसहरुले आशा र विश्वास बढेको हो । 

तर कांग्रेस, एमालेको नाममा पहिलेदेखि नै यहाँको साधन स्रा्त दोहन गर्दै आएको वर्ग भने बालेन शाहको लोकप्रियतादेखि सन्तुष्ट देखिन्न । उनको बारेमा एमालेतर्फका मेयरका उम्मेदवार केशव स्थापितले दिँदै आएको प्रतिक्रियाले पनि त्यसलाई दर्साउँछ । 

स्थापित र कांग्रेसबाट मेयरको उम्मेदवार सिर्जना सिंह जसरी हुन्छ यहाँका रैथाने नेवार समुदायको धेरैभन्दा धेरै भोट आफ्नो पक्षमा पार्न सके चुनाव जितिने आशामा देखिन्छन् । तर बालेन शाह विशेषगरी युवा पुस्ता, कांग्रेस र एमालेको राजनीतिबाट बाक्कदिक्क भएका तथा नयाँ अनुहारको खोजीमा रहेका मतदातालाई विश्वास दिलाउन जोड दिएको देखिन्छ । 

काठमाडौंको विकासबारे फरक दृष्टिकोणले मात्रै नभएर आफ्ना प्रतिस्पर्धीहरुलाई दिने कुटनीतिक जवाफले पनि बालेनको क्रेज बढ्दै गएको छ । उनलाई देशभित्रबाट मात्रै नभएर बाहिर रहेका नेपालीहरुले पनि समर्थन दिइरहेका छन् । बालेनको लोप्रियता बढ्दै जाँदा केशब स्थापितले जातीय राजनीतिलाई जोड दिन थालेका छन् भने सिर्जना सिंहको चेहरामा मुस्कान हराउँदै गएको छ । 


गएको स्थानीय निर्वाचनमा महानगरको उम्मेदवार भएकी रन्जु दर्शनादेखि कलाकार, बुद्धिजीवी, पेशाकर्मीसमेत एकपछि अर्को बालेनको पक्षमा देखिएका छन् । विवेकशील साझा पार्टीले काठमाडौंमा छुट्टै उम्मेदवार उठाए पनि सो पार्टीका समर्थकहरु भने पछिल्लो समय बालेनको पक्षमा देखिन थालेका छन् । 

Advertisement

Advertisement