चुनावमा कांग्रेसले धोका दिनसक्ने प्रचण्डको आशंका, ‘बेइमानी र षडयन्त्र भए स्वीकारिन्न’

Advertisement

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न स्थानीय निर्वाचनमा आफ्नो पार्टी पराजित हुनसक्ने संकेत गरेका छन् । 

सोमबार कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा आयोजित चुनावी  सभामा उनले गठबन्धनभित्र कांग्रेसबाट धोका हुनसक्ने आशंका व्यक्त गरे । 

Advertisement

गठबन्धन दलभित्रको सहमतिविपरीत कांग्रेसले उम्मेदवारी दिन लगाएर धोका दिन खोजेको भन्दै प्रचण्डले धेरै स्थानमा गठबन्धन ‘क्लियर’ नभएको बताए । उनले भने, ‘बेइमानी र षडयन्त्र स्वीकार्य हुँदैन् । कांग्रेसले यहाँ पनि गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएको छ । त्यसलाई खारेज नगर्ने हो भने हामी एक्लै चुनाव लड्नुपर्छ । यो अवस्थामा हाम्रोतर्फबाट उपाध्यक्ष पदमा परेको उम्मेदवारलाई जिताउनुपर्छ ।’

कैलारी गाउँपालिकामा पनि कांग्रेसले सहमतिविपरित उम्मेदवार्ी दिएपछि रुष्ट  भएका प्रचण्डले भरतपुर महानगरपालिकामा पनि कांग्रेसबाट धोका हुनसक्ने संकेत गरे । 

Advertisement

Advertisement