साँसद चढेको गाडी एम्बुलेन्ससँग ठोक्कियो, १० जना घाइते

Advertisement

सल्यान । साँसद टेकबहादुर बस्नेत चढेको गाडी एम्बुलेन्ससँग ठोक्किँदा १० जना घाइते भएका छन् । घाइते हुनेमा साँसद स्ययम पनि छन् । 

राप्ती राजमार्ग अन्तर्गत तुलसिपुरको रानागाउँमा एम्बुलेन्स र साँसद चढेको बोलेरो गाडी ठोक्किएको हो । साँसद चढेको गाडी दाङबाट सल्यान आउँदै गरेको एम्बुलेन्ससँग बिहीबार दिउँसो ठोक्किएको हो ।

Advertisement

घाइते हुनेमा सांसद बस्नेत चढेको गाडीका तीन जना र एम्बुलेन्सका सात जना रहेको इलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएको छ ।  गाडी दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

Advertisement

Advertisement