भोट हालेपछि रेणुले भनिन– शतप्रतिशत जित्छु, भरतपुरलाई नमुना बताउँछु

Advertisement

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार रेणु दाहालले भरतपुर महानगरपालिकामा रहेको मतदान स्थलबाट स्थानीय निर्वाचनको मतदान गरेपछि भरतपुरलाई देशकै नमुना बनाउने बताएकी छन् । 

उनले जनताले विगतको कामका मूल्यांकन गरेर र आगामी दिनमा भरतपुरको समृद्धिका लागि पनि आफूलाई मतदाताले जिताउने बताउँदै भनिन, ‘हामी संघीयतापछिको दोस्रो स्थानीय निर्वाचनमा छौँ । जनताले विगतको कामको मूल्यांकन र भरतपुरको आगामी समृद्धिको लागि मलाई जिताउनुहुनेछ । भरतपुर देशको एउटा नमूना शहर बनाउने कुरालाई बुझेर त्यो उद्देश्यका साथ मेरो उम्मेवारी हो । गठबन्धनले जित्नेमा म शतप्रतिशत ढुक्क छु ।’

Advertisement

दाहाल सत्ता गठबन्धनमा माओवादी केन्द्रको तर्फबाट भरतपुर महानगरपालिकाको लागि प्रमुखमा उम्मेदवार हुन् । उनको मुख्य प्रतिष्पर्धीको रुपमा नेकपा एमालेबाट विजय सुवेदी र नेपाली काँग्रेसका स्वतन्त्र उम्मेवार जगन्नाथ पौडेल छन् । 

रेणुलाई जिताउन उनका बाबु तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बहालवाला मन्त्रीहरु, पूर्वमन्त्री र साँसदहरु बिहीबार भरतपुर आएका थिए । 

Advertisement

Advertisement