म जित्छु, कांग्रेसले मात्रै संवृद्धि ल्याउनसक्छः सिर्जना सिंह

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखकी उम्मेदवार सिर्जना सिंहले क्षेत्रपाटीको पक्नाजोल मतदान स्थलबाट मतदान गरेपछि काठमाडौंलाई व्यापारिक केन्द्र बनाउने बताएकी छन् । 

शुक्रबार गरेपछि उनले देशमा काँग्रेसले मात्रै विकास र समृद्धि गर्ने भन्दै काँग्रेस र गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताउन आग्रह गरिन । सिंहले भनिन्, ‘म आफू जित्छु भनेर ढुक्क छु । हाम्रो पार्टी नेपाली काँग्रेसले मात्रै देशमा समृद्धि ल्याउँछ । आर्थिक उन्नती गर्छ । त्यसैले नेपाली काँग्रेसका उम्मेदवार र गठबन्धनका उम्मेदवारलाई जिताइदिनु होला ।’

Advertisement

उनले काठमाडौंलाई व्यापारीक केन्द्रसँगै पर्यटकीय केन्द्र पनि बनाउने बताइन् । सिंहले यहाँका समस्यालाई समाधान गर्ने बताउँदै काठमाडौंलाई सफा गरेर देखाउने बताइन् । 

उनले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै जितपछि काठमाडौंका हरेक समस्या समाधान गर्ने बताइन् । 

Advertisement

Advertisement