व्यास नगरपालिकाका मेयरका उम्मेदवार एवं पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा कुटिए

Advertisement

तनहुँ । व्यास नगरपालिकामा मेयरका उम्मेदवार तथा पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीमाथि नेपाली कांग्रेस कार्यकर्ताले आक्रमण गरेर घाइते बनाएका छन् ।  

व्यास–८ स्थित साविक रिस्ती गाविस भवनमा रहेको मतदान स्थल पुगेका बेला जोशीमाथि आक्रमण भएको हो । रिस्ती क्षेत्र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको जन्मथलो पनि हो । 

Advertisement

आक्रमणबाट जोशीको देब्रे आँखामाथि र टाउकोमा चोट लागेको छ । साथै जोशी चढेको गाडीसमेत आक्रमणकारीले पल्टाइदिएका छन् । आक्रमणपछि जोशीलाई उपचारका लागि दमौली अस्पताल ल्याइएको छ । 

आक्रमणपछि उक्त मतदानस्थलमा मतदान कार्य स्थगित भएको छ । रिस्तीको गाविस भवनमा मतदान केन्द्रमा आफ्नो प्रतिनिधिबिनै मतदान गराइरहेको भन्ने सूचना आएपछि प
पुगेका दीपकले मतदान अधिकृतको हातबाट तानेर मतपत्र नै च्यातेपछि कांग्रेस कार्यकर्ताले सुरु गरेको स्थानीयको भनाई छ । 

यता जोशीले उक्त आरोप अस्वीकार गर्दै मतदानस्थलमा पुग्दा आफ्ना एजेन्ट कोही नदेखिएपछि सोधपुछ गर्ने क्रममा आफूमाथि आक्रमण भएको बताएका छन् । उनले एमालेसँग गठबन्धन गरी मेयरमा उम्मेदवारी दिएका थिए । 

Advertisement

Advertisement