रौतहटमा स्थानीयले मतपेटिका लुटेर भागे

Advertisement

रौतहट । यमुनामाई गाउँपालिका १ स्थित मतदान केन्द्रबाट स्थानीयले मतपेटिका लुटेर भागेका छन् ।  

उक्त ठाउँमा रहेको चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको समाचार छ । 

Advertisement

जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक पटक झडप भएको उक्त स्थानमा आक्रोसित भीडले हुलदंगा गर्नुका साथै मतदान केन्द्र कब्जामा लिएर मतपत्र च्यात्ने, मतपेटिका लुटेर भाग्ने, तोडफोड गर्ने काम गरेका थिए । 

उक्त घट्नापछि दुवै स्थानमा मतदान रद्द गरिएको छ ।

Advertisement

Advertisement