सोलुखुम्बुमा कांग्रेस र माओवादीबीच झडप हुँदा एक जनाको मृत्यु

Advertisement

सोलुखुम्बु । सोताङ गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । 

मत खसाल्न आएकी वृद्धलाई घर पुर्याउने कुरामा उपेक्षा गरिएको विषयमा विवाद बढ्दै जाँदा झडप भएको हो । ती वृद्धको दम बढेर सोही स्थानमा मृत्यु भएको थियो । सोताङको वडा नम्बर ३ मा भोट खासल्न आएकी ती बिरामी वृद्धको विषयलाई लिएर शुक्रबार बेलुकी दुई पक्षबीच विवाद भएको थियो । 

Advertisement

घटनमा घाइते भएका ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । कांग्रेस कार्यकर्ताको ढुंगा प्रहारबाट टाउकोमा गम्भीर चोट लागी घाइते भएका उनलाई तत्कालै अस्पताल लगिएको थियो । 

झडपमा दुवै पक्षका केही घाइते भएका छन् । घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । भोट खसाल्न बोकेर ल्याइएकी वृद्धलाई घर पुर्याउन माओवादीले उपेक्षा गरेको कांग्रेसको आरोप छ । 

Advertisement

Advertisement