भरतपुरमा एमालेका विजय सुवेदी र रेणुको टक्कर, जगन्नाथ तेस्रो नम्बरमा (अपडेट)

Advertisement

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल र नेकपा एमालेका विजय सुवेदीबीच टक्कर देखिएको छ । 

मतगणनाको प्रारम्भिक चरणमा सुवेदीको अग्रता देखिए पनि अहिले रेणु र सुवेदीको मत बराबर देखिएको छ । दुवैमध्ये कहिले सुवेदी अगाडि कहिले रेणु अगाडि रहँदै आएका छन् । पछिल्लो विवरणअनुसार रेणु र सुवेदीको मत १५०–१५० रहेको छ । 

Advertisement

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल भने तेस्रो नम्बरमा रहेका छन् । ले ४१ मत ल्याएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १६२ र राप्रपाकी हिमला गुरुङले ९१ मत पाएकी छन् । 

रेणुलाई जिताउन सत्ता गठवन्धनले ठूलो बल लगाएको छ । उनले हार्ने अवस्थामा यस पटक पनि माओवादी कार्यकर्ताले मतपत्र चपाउनसक्ने भय स्थानीय प्रतिनिधिहरुमा देखिन्छ । 

यद्यपि निर्वाचन आयोगले मतगणनास्थलमा सीसीटीभीको निगरानी र सुरक्षा व्यवस्था कडा गरिएको जनाएको छ । 

Advertisement

Advertisement