बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसलाई

Advertisement

डोटी । बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । कांग्रेसका अध्यक्षका उम्मेदवार भैरव साउद र उपाध्यक्षकी उम्मेदवार कुमारी विष्टले जित हासिल गरेका हु्न । 

साउदले दुई हजार ३४३ प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चक्र घर्तीमगरले एक हजार ६८४ मत पाएका छन् । 

Advertisement

यस्तै, उपाध्यक्षमा विष्टले दुई हजार ४०७ मत पाएकी छन् भने उनका निकतम प्रतिस्पर्धी नेकपा एमालेकी सपना सिराडीले दुई हजार २७६ मत पाएकी छन् । यस गाउँपालिकामा कांग्रेसले २ वडा जितेको छ भने दुई वटा एमालेले र एउटामा माओवादी केन्द्रले अध्यक्ष जितेको छन् । 

Advertisement

Advertisement