बालेनद्धारा झण्डै १२०० मतका साथ ‘लिड’, सिर्जना तेस्रोमै

Advertisement

काठमाडौं । सबैको चासोको केन्द्र बनेको काठमाडौं महानगरपालिकामा लोकप्रिय स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै एक हजार दुई सय मतले पछाडि पारेका छन् । 

बालेनले दुई हजार ६०१ मत प्राप्त गर्दा उनको निकट प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले एक हजार ४१५ मत मात्रै पाएका छन् । सत्ता गठवन्धनबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंह तेस्रो नम्बरमा छन् । उनले एक हजार ३५९ मत मात्रै पाएकी छन् । 

Advertisement

उपमेयरमा भने एमालेका सुनिता डंगोलको अग्रतासहित प्रतिस्पर्धीसँग मतान्तर बढ्दै गएको छ । उनले एक हजार ७४३ मत पाउँदा सत्ता गठवन्धनबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका रामेश्‍वर श्रेष्ठले 
५१६ मत मात्रै पाएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले ४१३ मत पाएकी छन् । 
 

Advertisement

Advertisement