लिङदेनको उम्मेदवारलाई हराउन गठवन्धन गरेको कांग्रेस–एमालेले कचनकवलमा अग्रता लियो

Advertisement

झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको गृहपालिका कचनकवल गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।

एक्लाएक्लै लड्दा लिङदेनका लोकप्रिय उम्मेदवारलाई हराउन नसकिने भएपछि यो ठाउँमा कांग्रेस एमालेले नै गठवन्धन गरेका थिए । कचनकवलमा कांग्रेसका कलेन्द्रप्रसाद राजवंशीले ४८३ मतले अग्रता लिएका हुन् ।

Advertisement

उनले एक हजार २२७ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अन्जरा आलमले ७५५ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । यसैगरी, माओवादीका उम्मेदवार बुद्धिप्रसाद नेपालले ८१ र जनता समाजवादी पार्टीका ज्ञानबहादुर राईले तीन मत प्राप्त गरेका छन् ।

Advertisement

Advertisement