भरतपुर अपडेटः फेरि रेनुले ४ मतले अग्रता लिइन्, भुईंकटहरमा पनि मत बढ्दै

Advertisement

काठमाडौं । सबैको चासो बनेको भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेद्वार विजय सुवेदी र सत्ता गठवन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालबीच कडा प्रतिस्पर्धा कायम रहेको छ । 

पछिल्लो अपडेटअनुसार रेनुले पुन ४ गतको अग्रता लिएकी छन् । सुरुवाती चरणमा रनुले अग्रता लिए पनि बीचमा सुवेदीले अग्रता लिएका थिए । विवरणअनुसार रेनुले तीन हजार ५७८ मत पाउँदा सुवेदीले तीन हजार ५७४ मत पाएका छन् । 

Advertisement

नेपाली कांग्रेसका वागी उम्मेदवार जगन्नाथ पौडेलले पनि मत बढाउँदै गएका छन् । सुरुको गणनामा अपेक्षाकृत थोरै मत पाएका उनले पछिल्लो गणनासम्म एक हजार ३६० पुर्याउन सफल भएका छन् । पौडेलले मत बढाउँदा एमालेका उम्मेदवारलाई विजयी हुन सहज हुने अडकल गरिएको छ । 

यस्तै, भरतपुर महानगरको उपमेयरमा सत्ता गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी तीन हजार ३०१ मतसहित अग्रता लिएका छन् । उनलाई राष्ट्रय प्रजातन्त्र पार्टीकी हिमला गुरुङको दुई हजार ४०५ सहित पछ्याउँदै छन् । 

Advertisement

Advertisement