काठमाडौं । राजधानीको महानगरपालिका काठमाडौंको जारी मतगणनामा मेयरका लोकप्रिय स्वतन्त्र उम्मेदवार बालेन शाहले २५ हजार ६७ मत प्राप्त गरेका छन् । कुल ६५ हजार २११ मत गणना हुँदा उनले ३८ प्रतिशत मत प्राप्त गरेका छन् ।
उनको निकट प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १३ हजार ३६ मत प्राप्त गरेका छन् भने सत्ता गठवन्धनको तर्फबाट साझा उम्मेदवार रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार २७५ मत प्राप्त गरेकी छन् ।