काठमाडौंमा केशव स्थापितलाई सिर्जनाले पछि पार्ने संकेत, बालेन झण्डै १६ हजार मतले अगाडि

Advertisement

काठमाडौं । सबैको ध्यान खिचेको काठममाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरको स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै १६ हजार मतले अग्रता कायम राखेका छन् । 

पछिल्लो मतगणनाअनुसार ९३ हजार ६४७ मत गणना हुँदा बालेनले ३४ हजार १३० मत पाएका छन् भने उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले १८ हजार ५४७ मत पाएका छन् । त्यस्तै, सिर्जना सिंहले १८ हजार ४२९ मत पाएकी छन् । सुरुदेखि नै स्थापितले सिर्जनालाई पछि पारे पनि पछिल्लो समयमा उनीहरुबीचको मतान्तर घटेको छ । यो हिसावले हेर्दा स्थापित सिर्जनाभन्दा पछि पर्ने संकेत देखिएको छ । 

Advertisement

Advertisement

Advertisement