काठमाडौं । सबैको चासो बनेको काठमाडौं महानगरपालिकाको मतगणना अन्तिमतिर पुग्न लाग्दा स्वतन्त्र उम्मेदवार बालेन शाहले १९ हजार पाँचसयभन्दा बढी मतले अग्रता लिएका छन् ।
उनले ५० हजार ४९२ मत प्राप्त गर्दा सत्ता गठवन्धनबाट साझा उम्मेदवार रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३१ हजार५३९ मत पाएकी छन् भने नेकपा एमालेका केशव स्थापितले ३० हजार ८९१ मत पाएका छन् ।
मत हेर्दा सिर्जना र केशव स्थापितबीच को दोस्रो हुने भन्नेमा प्रतिस्पर्धा देखिएको छ । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले आठ हजार ९७१ मत पाएका छन् ।
हालसम्म कु्ल एक लाख ५२ हजार तीन सय मत गणना भएको छ भने अब ३८ हजार ७५१ मत गन्न बाँकी छ ।