‘भोट खसालुन्जेलसम्म चुप्प बस्ने, खसाएको भोलिपल्ट मूल्यवृद्धिको डण्डाले हान्दिने जनतालाई ?

Advertisement

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी ओलीले स्थानीय चुनावमा भोट खसालुन्जेलसम्म चुप्प लागेर चुनाव सक्किनासाथै पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरिएकोमा सरकारको आलोचना गरेका छन् । 

संसदमा बिहीबार बोल्दै उनले मूल्यवृद्धि गरेर सरकारले जनतालाई धोका दिएको भन्दै आलोचना गरे । ओलीले चुनावसम्म पेट्रोलियम पदार्थमा विधिअनुसार मूल्य समायोजन नगरी चुनाव सकिएपछि हप्तामै दुई पटक मूल्यवृद्धि गरिएको भन्दै उनले यो धोका भएको बताए । 

Advertisement

सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको नीति तथा कार्यक्रममाथि बुँदा बुँदा र शब्द शब्द केलाउँदै ओलीले सरकारको आलोचना गरे । मूल्य समायोजनको नीतिलाई उपेक्षा गरेर चुनाव अघि मूल्य नबढाउने र चुनाव सक्किनासथै हप्तामा दुई पटक मूल्य बढाउने कुरा गलत भएको बताए ।  

यसै महिनाको पहिलो हप्ता दुईपल्ट १०–१० रुपियाँका दरले मूल्यवृद्धि गरिएको भन्दै उनले ु१५–१५ दिनमा मूल्य समायोजन गर्ने नीति कहाँ गयो ? भनी प्रश्न गरे । ओलीले भने, ‘३० गते भोट खसालुन्जेलसम्म चुप्प लागेर बस्ने, भोट खसाएको भोलिपल्ट मूल्यवृद्धिको डण्डाले हान्दिने जनतालाई ? त्यो पनि फेरि एक हप्ता नपुग्दै अर्को डण्डाले हान्दिने ?’

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले हरेक क्षेत्रमा असर गर्ने उनले बताए । ओलीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले ढुवानीलगायत सम्पूर्ण वस्तुमा असर परेको बताए । मूल्यवृद्धिमा वर्तमान सरकारले नकारात्मक कीर्तिमान कायम गरेको ओलीको भनाइ थियो ।

Advertisement

Advertisement