सिर्जनालाई अहिले मेयर बनाउने, अर्कोपल्ट राष्ट्रपति बनाउने प्रकाशमानको सपना अधुरै

Advertisement

काठमाडौं । श्रीमतीलाई अहिलेको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरपालिकाको मेयर बनाउने र अर्कोपल्ट राष्ट्रपति बनाउने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको सपना अधुरै हुने भएको छ । 

प्रकाशमान एक पटक सिर्जनालाई राष्ट्रपति बनाउने योजनामा रहेको उनीनिकट एक कांग्रेस नेताले बताए । त्यसका लागि काठमाडौं महानगरपालिकाको मेयर भइसकेपछि सहज हुने विश्वास उनको थियो । सत्ता गठवन्धनका पाँच वटा दलको समर्थन भएपछि  नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई हराउन सकिने विश्वास प्रकाशमान सिंहको थियो । अझ बुबा गणेशमान सिंहको विरासतका कारणतर अनपेक्षितरुपमा स्वतन्त्र उम्मेदवार बालेन शाह बाधक भएर उदाएका छन् । 

Advertisement

कांग्रेसका पछिल्लो महाधिवेशनमा उनले शेबहादुर देउवालाई अन्तिममा समर्थन गरेपछि काठमाडौंका धेरै मतदाता प्रकाशमान सिंहदेखि रुष्ट भएका थिए । त्यसको असर पनि अहिलेको स्थानीय निर्वाचनमा देखिएको छ । नेपालको राजनीतिमा बदनाम र असफल भइसकेका देउवालाई दोहोर्याएर सभापति बनाउन नहुने आम जनमत हुँदाहुँदै प्रकाशमान देउवाको पक्षमा एकाएक उभिएपछि जनता चिढिएका थिए । अर्कोतर्फ बुबा गणेशमान सिंह, विपी कोइराला, कृष्णप्रसाद भट्टराई जस्ता नेताले अंगाल्दै आएको विचारबाट बिचलित हुने र काठमाडौंको समग्र विकासभन्दा पनि साना साना समूहहरुको स्वार्थ पूर्तिमा मात्रै सिंह परिवार लागेपछि काठमाडौंवासी प्रकाशमानदेखि टाढिंदै गएको थियो । त्यसको सजाय सिर्जनाले भोग्नुपरेको छ । 

सिर्जनाले स्वतन्त्र उम्मेदवार बालेन शाहसँग भारी मतान्तरले पराजित हुनु परेको छ । प्रकाशमानले आफ्नो विचार र कार्यशैली परिस्कृत नगर्ने हो भने आउँदो आम निर्वाचनमा आफूले पनि पराजय भोग्नुपर्ने संभावना प्रवल देखिन्छ । 


 

Advertisement

Advertisement