ओली अब एमालेबाट प्रधानमन्त्री नहुने प्रचण्डको ठोकुवा, ‘विगतमा पनि मैले बनाइदिएको हुँ’

Advertisement

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई अब एमालेबाट प्रधानमन्त्री हुन कठिन रहेको जिकिर गरेका छन् । 

शनिबार संसदमा उनले कुनै पार्टीसँग गठबन्धन, सहकार्य नगरी प्रधानमन्त्री बन्न ओलीलाई चुनौती दिँदै विगतमा पनि माओवादीको सहयोग र मतले ओली प्रधानमन्त्री बनेको बताए । आगामी निर्वाचनबाट एक्लै एमालेबाट प्रधानमन्त्री बनेर देखाउन प्रचण्डले ओलीलाई चुनौती दिए । 

Advertisement

प्रचण्डले एमाले अध्यक्ष ओली दुईपल्ट माओवादीको सहयोगमा प्रधानमन्त्री बनेको बताउँदै माओवादी नभएको भए प्रधानमन्त्री हुन गाह्रो रहेको औंल्याउ । उनले भने, ‘हाम्रो प्रतिपक्षी दलको नेता जसलाई मैले नै सहयोग गरेर, माओवादी केन्द्रकै सहयोगमा प्रधानमन्त्री हुनुभएको हो । एक्लै भएको छु भन्ने ठान्नुभयो भने त्यो भ्रम हटाइदिनुस् । तपाईं एक्लै प्रधानमन्त्री हुनुभएकै छैन् ।ुुपहिलो चोटी पनि माओवादी केन्द्रको, तपाईंको भाषामा वैशाखी टेकेर, हुनुभएको हो । दोस्रोपटक हाम्रो पनि भोट लिएर हुनुभएको हो । अब भएर देखाउनुस् त ’ अबको चुनावबाट प्रधानमन्त्री बनेर देखाउनुस् तपाईंलाई मानिन्छ ।’

विगतको पाठबाट सिक्न सुझाव दिँदै प्रचण्डले हुँदोखाँदाको दुई तिहाइको सरकार हुँदाहुँदै पार्टी फुटाउने काम ओलीले गरेको बताए । ओलीले दीर्घकालीन ढंगले प्रधानमन्त्री रहन्छु भनेर बालुवाटारमा तयारी गरेको तर असमयमै बालकोट जानुपरेको स्मरण गराउँदै आफ्नै सरकार ढलाएर, आफ्नो पार्टी फुटाएर रियलाइजेसन होला कि भन्ने लागेको, तर गर्न नसकेको बताए । 

 उनले भने, ‘भएभरका प्रदेश सरकार गए । अब त आफूतिर फर्किनुहुन्छ होला भन्ने लागेको थियो । राष्ट्रिय सभाको चुनाव भयो । त्यसमा जे भोग्नुभयो त्यसबाट पनि केही त लाग्छ होला भन्ने लागेको थियो । स्थानीय तहको निर्वाचन पछि त आत्मसमीक्षा गर्नुहुन्छ, देशको स्थायित्व, कम्युनिस्ट आन्दोलनको निम्ती तत्पर रहनुहोला भन्ने लागेको थियो ।’ 

Advertisement

Advertisement