हराएको तारा एयरको जहाज खोज्न सेनाको हेलिकप्टर गयो

Advertisement

काठमाडौं । आइतबार बिहान बेपत्ता भएको तारा एयरको विमान खोज्न नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उडेको छ । 

तारा एयरको ट्वीनटर विमान खोज्न सेनाको हेलिकप्टर मुस्ताङतर्फ उडेको हो । हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिए पनि मौसम खराब भएकाले खोजी कार्य गर्न कठिन भएको छ । 

Advertisement

मूस्ताङको तेले, घाँसा, टिटि लगायतको स्थानमा विमान खसेको आशंका गरिएको छ । सो क्षेत्रमा अहिले पनि पानी परिरहेको छ । घाँसाका स्थानीयवासीले बिहान ठूलो आवाज आएको र आगो बलेको देखिएको खबर गरेपछि ठाउँ भने पत्ता लाग्न सकेको छैन् । 

यात्रु १९ र ३ जना चालक दलका सदस्यसहित २२ जना बोकेर पोखराबाट बिहान जोमसोमका लागि उडेको जहाज बेपत्ता भएको हो । 

Advertisement

Advertisement