तारा एयर दुर्घटना भएको स्थानमा १४ शब भेटियो, बाँकी खोजी हुँदै (फोटोहरु)

Advertisement

काठमाडौं । तारा एयरको ट्वीनटर विमान दुर्घटना भएको मुस्ताङको थासाङ गाउँपालिका–२ बाट हालसम्म १४ जनाको शब संकलन भएको छ । सुरक्षाकर्मीसहितको टोलीले घटनास्थलबाट अहिलेसम्म १४ जनाको शब फेला परेको पोखरा विमानस्थलका सुचना अधिकृत देवराज सुवेदीले बताए । 

आइतबार बिहानबाट हराइरहेको उक्त जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । घटनास्थल निकै भिरालो र जोखिमपूर्ण भएकाले उद्दारमा कठिनाई भइरहेको जनाइएको छ । 

Advertisement

तारा एयरको उक्त विमानमा तीन जना चालक दलका सदस्य र १९ जना यात्रुसहित २२ जना सवार थिए । हराइरहेका बाँकी यात्रुको पनि खोजी भइरहेको सुवेदीले जानकारी दिए । उनले भने, ‘‘शवहरु संकलन गर्ने काम भइरहेको छ । सबै शव भेट्टाउन अझै समय लाग्ने अवस्था छ । शबहरु संकलनपछि काठमाडौं लगिने सुवेदीले बताए । 

Advertisement

Advertisement