तारा एयरको विमान दुर्घटनाः भेट्टिएका २१ मध्ये १० शब लिएर हेलिकप्टर काठमाडौं आउँदै

Advertisement

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शब लिएर घटनास्थलबाट हेलिकप्टर काठमाडौं आएको छ । खोजी तथा उद्दारका क्रममा हालसम्म २१ शब भेट्टिएकोमा पहिलो चरणमा १० वटा शब काठमाडौं ल्याइएको हो । 

आइतबार बिहानदेखि सम्पर्कबिहीन तारा एयरको ट्वीनटर सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको थासाङ गाउँपालिका–२ को कोवाङको सिरानमा भेट्टिएको थियो । 
पोखरा विमानस्थलका सूचना अधिकृत देवराज सुवेदीले घटनास्थलबाट १८ शवमध्ये १० वटा बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारेर हेलिकप्टर काठमाडौं पठाइएको बताए । 

Advertisement

उनले खराब मैसम, वर्षा र अप्ठ्यारो भूगोलमा उद्दारकर्ताले शव बोकेर झार्नुपर्ने भएकोले समस्या भएको बताए । २२ जना मध्ये १ जनाको अझै फेला पारन नसकेको अहिलेलाई खोजी कार्य स्थगित भएको सूचना अधिकृत सुवेदीले जानकारी दिए ।

फेला परेका शवको पहिचान भइनसकेको उनको भनाई छ । चालक दलका सदस्य र १९ जना यात्रुसहित २२ जना सवार थिए ।
 

Advertisement

Advertisement