दश लाख रुपियाँको अक्षयकोषसहित पण्डित नवराज शारदा स्मृति समाज स्थापना

Advertisement

काठमाडौं । पण्डित नवराज शारदा स्मृति समाजले विविध सामाजिक कार्यक्रम सञ्चालन गर्न १० लाख रुपियाँको अक्षयकोष स्थापना गरेको छ । पण्डित पौडेलको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो । 

आफ्ना अभिभावकका योगदानलाई मनन गर्दै उनीहरुप्रति सम्मान तथा समाजका लागि यथासक्यो योगदान गर्ने लक्ष्यसाथ यो समाज स्थापना गरिएको समाजका अध्यक्ष निर्मलराज पौडेलले बताए । उनले बुबा पण्डित नवराज पौडेल तथा आमा शारदादेवी पौडेलले दिनुभएको संस्कार, शिक्षा र प्रेरणाकै कारण समाजका लागि केही योगदान पुर्याउन संस्था स्थापना गरेको बताए । 

Advertisement

पण्डित पौडेलले सनातन धर्म संस्कृति तथा सामाजिक हितमा आफ्नो जीवन समर्पित गर्नुभएको निर्मल पौडेलले  बताए । बटुकहरुद्वारा स्वस्ती वाचन तथा विशिष्ट अतिथिहरुबाट पानसमा सामुहिक दीप प्रज्वलन तथा पण्डित पौडेलको तस्वीरमा माल्यार्पण गरी समाजको उद्घाटन गरिएको थियो । अतिथिहरुले पौडेलको व्यक्तित्व तथा योगदानबारे चर्चा गरेका थिए । 

Advertisement

Advertisement