बंगलादेशको एक डिपोमा आगलागी र विस्फोटमा कम्तिमा ३४ जनाको मृत्यु, सयौं घाइते

Advertisement

एजेन्सी । बंगलादेशको एक डिपोमा विस्फोट हुँदा ३४ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । बंगलादेशको दक्षिणी शहर सिताकुण्डमा कन्टेनरहरूको भण्डारमा आगलागी भई विस्फोट भएपछि ठूलो मानवीय क्षति भएको हो । 

आगलागी नियन्त्रणका लागि बारुणयन्त्रहरु आउनुअघि नै विस्फोट भएको हो । त्यस क्रममा तीन जना अग्नी नियन्त्रण र प्रहरीको पनि मृत्यु भएको समाचार छ । घटनामा घाइते भएकामध्ये २० जनाको अवस्था गम्भीर रहेको र उनीहरूको शरीरको ६० देखि ८० प्रतिशत भाग जलेको बीबीसीले जनाएको छ । उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

Advertisement

आगलागीको कारण खुल्न सकेको छैन। भण्डारणमा प्रयोग भएका केही कन्टेनरहरूमा रासायनिक पदार्थ राखिएकोले ठूलो आगलागी र विस्फोट भएको हुनसक्ने प्रहरीको अनुमान छ । विस्फोटका कारण नजिकका धेरै घरहरूमा समेत क्षति पुगेको छ । 

आगलागी ठूलो भएकाले शनिबार लागेको आगो आइतबासम्म आगो नियन्त्रणमा आउन सकेको छैन। उक्त डिपोमा करिब छ सय मानिसले काम गर्ने गरेकोले मृत्यु हुनेहरुको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।

Advertisement

Advertisement