हप्तामा दुई दिन विदा दिने निर्णय एक महिना पनि नटिक्दै फिर्ता

Advertisement

काठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । 

जेठ १ गतेबाट लागू गरिएको यो व्यवस्था एक महिना पनि पूरा नहुँदै सरकारले फिर्ता लिने निर्णय गरेको छ । अब शनिबार मात्रै सार्वजनिक विदा हुने भएको छ । 

Advertisement

दुई दिन विदाले अर्थतन्त्रमा ठूलो नोक्सान हुनुका साथै सार्वजनिक सेवा लिन जनतालाई कठिनाई हुँदै आएको थियो । यसले शैक्षिक संस्थादेखि निजी क्षेत्रलाई समेत असर गरेको थियो । 

Advertisement

Advertisement